२०७९ आश्विन १५ शनिबार
  • काठमाडौँ

त्रिभुवन विमानस्थलमा दुबई बाट सुन बोकेर आएका दुई पक्राउ !

काठमाडौं : संयुक्त अरब (इमिरेट्स) यूएईको दुबईबाट सुन बोकेर आएका दुई युवा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प’क्राउ परेका छन्।

शनिवार विहान स्थानीय समय ३: ५५ मा दुबईबाट काठमाडौंका लागि उडेको नेपाल एयरलाइन्सको उडानमा सुन बोकेर आएका उनीहरू काठमाडौं विमानस्थलमा ओर्लिनसाथ प’क्राउ परेका हुन्।

पक्राउ पर्नेमा सुनिल साही ठकुरीसहित एक अर्का युवा छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक हिमालयकुमार श्रेष्ठले उनीहरू प’क्राउ परेको पुष्टि गरे। उनीहरू प’क्राउ परेका हुन्।

यस विषयमा थप जानकारी अपराध माहाशाखालाई छ। उताबाट अनुसन्धान भइरहेको छ । उनले प्रवास खबरसँग भने। तर, अपराध महाशाखाका प्रवक्ता कृष्णप्रसाद कोइरालाले भने उनीहरू प’क्राउ परेको विषयमा केही बताउन चाहेनन्।

उनले शनिबार र आइतबार विदा भएकोले सोमबार कार्यालय पुगेपछि मात्रै यस विषयमा जानकारी हुने बताए। ‘हिजो र आज मेरो विदा हो। भोलि ९ बजे पछाडि कार्यालय पुगेपछि मात्र यस विषयमा थाहा हुन्छ। त्यसपछि जानकारी गराउँला,’ उनले प्रवास खबरसँग भने।

अपराध महाशाखाले अहिलेसम्म किन सार्वजानिक नगरेको त भन्ने प्रवास खबरको जिज्ञाशामा प्रवक्ता कोइरालाले भने, ‘अनु-सन्धानको पाटो अझै सकिएको छैन होला। थप केही अनुसन्धानकै लागि सार्वजानिक नगरिएको हुनसक्छ।’

उनीहरूले के–कति सुन ल्याएका थिए भन्नेबारे प्रहरी अनुसन्धानपछि थाहा हुनेछ। प्रहरीले यस विषयमा केही सार्वजानिक नगरे पनि प्रवास खबरलाई दुबईबाट प्राप्त जानकारी अनुसार उनीहरू भरिया मात्रै हुन्। उनीहरूलाई केही पैसाको प्रलोभन देखाएर तस्करहरूले सुन बोकाएका थिए। उनीहरूले कपडामा लुकाएर सुन ल्याएका थिए।- यो समाचार प्रवास खबरम छ ।

२०७९ जेष्ठ २३, सोमबार प्रकाशित 1 Minute 254 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।