
काठमाण्डौ : विभिन्न बाहना र प्रलोभनमा भइरहेको वैदेशिक रोजगार ठ-गी नियन्त्रण गर्न वैदेशिक रोजगार विभागले शीघ्र प्रत्यूत्तर टोली (आरआरटी) गठन गरेको छ ।
वैदेशिक रोजगार व्यवसाय सञ्चालन गर्न इजाजतपत्र नलिई कुनै व्यक्ति वा संस्थाले ठगी गरेको पाइएमा त्यस उपर तत्काल कानुनी कार-बाही अघि बढाउन आरआरटी गठन गरेको विभागले जनाएको छ ।
टोली गठन गरेपछि विभागले वैदेशिक रोजगारीको इजाजत नलिई कुनै व्यक्ति, समूह वा संस्थाले वैदेशिक रोजगारीमा पठाई दिने भनि आश्वासन दिई प्रलोभनमा पारिरहेको, रकम असुल गरेको, विदेशमा लगि अल-पत्र पारेको वा श्रम
स्वीकृति नलिई भिजिट भिसा लगायतका अन्य भिसामा वैदेशिक रोजगारीमा पठाएमा टोलीलाई खबर गर्न विभागले अनुरोधसमेत गरेको छ । यस्ता सूचना लिनका लागि विभागले टोलीको इमेल ठेगाना र मोवाइल नम्बरसमेत छुट्टै व्यवस्था गरेको छ ।
कसैले यस्ता प्रलोभन देखाएर ठगी गर्न खोजेमा वा यस्ता ठगी बारे कुनै जानकारी भएमा [email protected] वा [email protected] मा इमेल तथा ९८५१३३४१०७ नम्बरमा सम्पर्क गर्न विभागले आग्रह गरेको छ । सूचना दिने व्यक्तिको पहिचान गोप्य राख्ने पनि विभागले जनाएको छ । उज्यालो अन्लाईन