२०७९ असार १५ बुधबार
  • काठमाडौँ

नेपाल-भारत सीमा वि’वाद – लालपुर्जा भएका नेपाली नागरिकलाई जमिन जोत्न दिने सहमति

कञ्चनपुर : भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले बेलौरी नगरपालिका–१० सडक’घाटमा नेपाली नागरिकलाई लालपुर्जा भएको जमिन जोत्न दिने भएको छ ।

शुक्रबार नेपाल–भारतका सीमा सुरक्षाकर्मीबीच लालपुर्जा भएको जमिन नेपाली नागरिकलाई जोत्न दिने सहमति भएको हो ।
दुवै देशका सर्भे टोलीले अनुगमन नर्गदासम्म नेपाली नागरिकलाई लालपुर्जा भएको जमिन जोत्न दिने सहमति

भएको सशस्त्र प्रहरी बल नेपाल ३५ नं गण शैलेश्वरीका एसपी अमरबहादुर ऐरले बताउनुभयो । सर्भे टोलीले अनुगमन गरेर समस्या सामाधान नगर्दासम्म लालपुर्जा भएका नागरिकलाई जोत्न दिने सहमति भएको छ । उहाँले भन्नुभयो, अब नेपाली नागरिकले आफ्नो भूमि जोत्न पाउँछन् ।

छलफलमा सशस्त्र प्रहरी उपरीक्षक अमरबहादुर ऐर नेतृत्वको टोली र एसएसबी ३९ नं बटालियनका प्रमुख गोविन्द भण्डारी नेतृत्वको टोली सहभागी थियो ।

बुधबार ट्र्याक्टर लगेर खेत जोत्न गएका बेलौरी नगरपालिका–१० का निवर्तमान वडाध्यक्ष हरिलाल चौधरीलाई वर्षौंदेखि चलनभोग गर्दै आएको जग्गामा एसएसबीले खेत जोत्न नदिई फर्काएपछि वि-वाद उत्पन्न भएको थियो ।

२०७९ जेष्ठ २२, आईतवार प्रकाशित 1 Minute 158 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार