
जेठ २१, काठमाडौं : कबड्डी-४ फिल्मकी हिरोइन मिरुना मगरलाई दुर्व्यवहार गरेको आरोप लागेका फुर्पा तामाङले आफूले गल्ती नगरे पनि गल्ती स्वीकार गर्दै मिलापत्रमा हस्ताक्षर गर्न बाध्य भएको दा’बी गरेका छन्।
एक लामा गुरुसँगको भिडियो कुराकानीमा फुर्पाले हिरोइन मिरुनाले आफूसँग आफ्नो गल्ती देखिएमा करियर बिग्र’ने र फिल्म पनि नचल्ने भन्दै रोएपछि उल्टो आफैले गल्ती स्विकारेको बताएका छन्।
सामाजिक सञ्जालमा शुक्रबारबाट भाइरल भिडियो संवादमा फुर्पाले हिरोइन मिरुना र फिल्म टिमप्रतिको दयाका कारण बाहिर जनमानसलाई देखाउनका लागि आफैँले क्षमा मागेको बताएका छन्। मिरुनाले आफूलाई जोगाइदिनु भनेर रोएपछि मात्र आफूले गल्ती स्वीकारेको फुर्पाको दाबी छ।
उनले मिलापत्र कागजमा एक–अर्काको गलत बुझाइका कारण घट’ना भएको लेख्न खोजिए पनि नायिका मगरले आफ्नो करियर सकिने भन्दै बिलौना गरेपछि आफूले गल्ती स्वीकारेको बताएका छन्।
हामीले लेख्न खोजेको एक अर्काले ‘मिस अन्डरस्ट्यान्ड’ भनेर लेख्न खोजेको थियो। यसैमा माफी माग्ने भनेको थियो। अनि हिरोनीले मानेन। मेरो जिन्दगी सिनेमा हो, मलाई मान्छेले मार्छ यो अक्षर चाहिँ म आफूलाई बचाउनका लागि हो भन्यो हामीलाई। उहाँ रोई राथ्यो।
पछि आधा घण्टा त्यही शब्दमा अड्केर बस्यो सबै। १५ मिनेट पछाडि हामी मिलेको कापी आएन भने फिलिम बन्द गर्ने कुरा आयो रे। छिटो गरौँ न त छिटो भनेपछि हामीले पनि अलिकति मायाजस्तो लाग्यो। केही हुँदैन होला भनेर त्यसमा साइन ग-र्यो। उनीहरूले पनि फिलिम चलाउनुपर्ने। गल्ती भनेर हुन्छ नि त उहाँलाई बचाउनलाई आफैँ गल्ती भएको भनेँ। फुर्पाले भनेका छन्।
फुर्पाले आफूले मिरुनामाथि कुनै दुर्व्य-वहार नगरेको दाबी गरेका छन्। फिल्म हेरेर निस्किने बेलामा अरू दर्शकले ‘सेलिब्रेटी’ आएको भनेपछि आफू त्यतैतिर गएको फुर्पाको भनाई छ।
मिरुनासँग सेल्फी खिच्न जाँदा भिडमा कसैले धकेलेका कारण उनलाई छोइएको उनले स्विकारेका छन्। आफ्नो हातले मिरुनालाई छोइएपछि उनले थप्पड हानेको र भिडसँग डराएर आफूले माफी मागेको उनले भिडियोमा दाबी गरेका छन्।
फिल्म हलबाहिर आफूमाथि दुर्व्यवहार गरेको भन्दै मिरुनाले फुर्पालाई थप्पड हानेर माफी माग्न लगाएकी थिइन्। साथै उनले फुर्पालाई प्रहरीमा बुझाएकी थिइन्। दुई दिन हिरासतमा बसेर तीन हजार धरौ-टीमा छुटेलगतै १७ जेठमा मिरुनाले मिलापत्र गरेकी थिइन्। दैनिक न्युज नेपाल