२०८० फाल्गुन ९ बुधबार
  • काठमाडौँ

धरानका मेयर हर्क साम्पाङ एक्सनमा – खोनालमा ढुङ्गा-गिट्टी तस्करी गर्नेहरुको भागाभाग !

जेठ २१, काठमाडौं : धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ स्थानीय खोला दोहन रोक्नका लागि आफै फिल्डमा उत्रिएका छन् । उनि सुक्रबार दिँउसो प्रचण्ड गर्मीको प्रभा’व

नगरि धरान उपमहानगरपालिका वडा नं ५ मा पर्ने अधेरी खोला पुगेर ढुङ्गा तस्करी रोकेका छन् । आफ्ना केही सहयोगी र नगरप्रहरीका साथमा सो खोला पुगेका उनले खोलाबाट ढुङ्गा लोड गर्दै गरेको ट्याक्टर निय’न्त्रणमा लिई ढुङ्गा खोलामै झार्न लगाएका थिए ।

उनले ट्याक्टर चालक र ढुङ्गा लोड गरिरहेका युवाहरुलाई सम्झाएर अब देखि यो खोलामा कुनै पनि सामाग्री लिन नआउनु भनि एक पटकका लागि माफी दिदै छाडिएका थिए । पुनः खोला दोहनका लागि आएमा कानून अनुसार का-र्वाही गर्ने मेयर साम्पाङले चेता’वनी पनि दिए ।

केही युवाहरु धमाधम ढुंगा लोड गरिरहेका थिए ।शुरुमा मेयर साम्पाङ सहितको टोलीलाई देख्न साथ ट्याक्टर सहित ढुङ्गा लोड गरिरहेका युवाहरु भाग्न खोजेका थिए ।

अधेरी खोलाबाट अत्यधिक ढुंगा, मिक्स गिट्टी चोरी तस्करी हुँदै आएको छ । मेयर हुन भन्दा अगाडी साम्पाङले खोलार चुरे दोहन रोक्न खोज्दा धरान उपम-हानगरपालिकाका तत्कालिन मेयर तिलक राई निर्देशनमा गुण्डा लगाई उनी र उनको समूहमाथि आक्र-मण भएको थियो ।

अ’वैधरुपमा ढुङ्गा, मिक्सगिट्टी निकालेको नियन्त्रण गरेर साधनसहित प्रहरीमा बुझाएपनि मिलेमतोमा छोडिदिने गरेपछि तस्करी मौलाएको स्थानीयले मेयर साम्पाङलाई जानकारी समेत गराएका छन् ।

उनिहरुले करिब डेढ दशकअघि अवैध खोला उत्खनन्को विरोध गर्दा एक जना स्थानीयले आफ्नो ज्यानसमेत गुमाएको जानकारी मेयर साम्पाङलाई गराएका छन् । उनिहरुले मेयर साम्पाङलाई कडाईका साथ खोला दोहन र त-स्करी रोक्नका लागि अनुरोध समेत गरेका छन् ।

मेयर साम्पाङका अनुसार सो खोला ठेक्कामा लगाइएपनि ठेक्का रद्द गराईएको छ । आफ्नो देश र बाटो बेचर नगरवासीलाई सुःख दिन नसकिने मेयर साम्पाङले बताए ।

त्यसकारण आउदो आर्थिक बर्षमा धरानका कुनै पनि खोलाबाट खोलाजन्य सामाग्री निकालेर बेच्नका लागि खोला ठेक्का नै नलाएको उनले बताए । उनले आफ्नो ५ बर्षे कार्यकालभरी खोला ठेक्का नै नलगाउने घोषणा पनि गरेका छन् ।

खोलाबाट धरान उपमहानगरपालिकालाई यसअघि जे जति आम्दानी हुन्थियो, सो अन्य स्रोतबाट जुटाउने आफ्नो योजना रहेको उनले बताए । चुरे क्षेत्र र खोलको दोहन रोकेर धरानमा कृर्षीसंग सम्बन्धि साना तथा ठूला उद्योगहरु स्थापना गरि

संचालनमा ल्याउने आफ्नो योजना रहेको उनले बताए । ती उद्योगमै खोलामा दैनिक मजदुरी गर्नेहरुलाई पनि रोजगारको व्यवस्था गर्ने उनले सुनाए । आफ्नो यस योजनालाई आउने आर्थिक बर्षबाट कार्य प्रारम्भ गर्ने उनको भनाई छ ।

२०७९ जेष्ठ २१, शनिबार प्रकाशित 1 Minute 206 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।