२०८० मंसिर २२ शुक्रबार
  • काठमाडौँ

नेपाल-चीन सीधा उडान साढे २ वर्षपछि पुनः सुचारु !

जेठ २०, काठमाडौं : नेपाल–चीन सीधा उडान पुनः शुरू भएको छ । विश्वमा को’रोना महामा’री फैलिएपछि रोकिएको उडान साढे दुई वर्षपछि पुनः शुरू भएको हो ।

बिहीवार काठमाडौंदेखि चीनको कुन्मिङ हिमालयन एयरको जहाजले उडान भरेको छ । उडानका क्रममा नेपालका लागि चिनिया राजदूत होउ यान्छी र नेपाली प्रतिनिधिको टोली पनि सहभागी थियो । यात्रुहरूलाई पीपीई लगाएर यात्रा गराइएको छ ।

थप समाचार, बारा बारास्थित सिमरा विमानस्थलबाट यही जेठ २४ गतेदेखि आगामी असार १३ गतेसम्म दैनिक उडान कटौती हुने भएको छ । विमानस्थल क्षेत्रमा मर्मतसम्भारको काम हुने भएकाले २० दिन दैनिक उडान कटौती हुने भएको हो ।

सो अवधिमा बिहान ६ देखि ११ बजेसम्म मात्रै उडान हुने सिमरा विमानस्थलका प्रमुख भूपेन्द्र भट्टले जानकारी दिनुभयो । नियमित १२ उडान हुँदै आएको सिमरा विमानस्थलबाट सो अवधिमा दैनिक आधामात्रै उडान हुने उहाँले बताउनुभयो ।

वर्षाँैदेखि जीर्ण अवस्थामा रहेको सिमरा विमानस्थल मर्मतसम्भार गर्न लागिएको हो । दैनिक उडानको समय कटौती गरी मर्मतको काम अघि बढाइएको हो । सप्तकोसी निर्माण सेवा कम्पनीले उक्त मर्मतसम्भारको ठेक्का लिएको छ ।

नृसिंह मन्दिर पिपरामठको पुनःनिर्माण काम

वीरगञ्ज महानगरपालिकाले वीरगञ्ज महानगरपालिका–१४ मा पिपरास्थित जीर्ण अवस्थामा रहेको नृसिंह मन्दिर पिपरामठको पुनःनिर्माण काम अघि बढाउने तयारी गरेको छ ।

नवनिर्वाचित नगरप्रमुख राजेशमान सिंहले पिपरामठमा पुगेर त्यहाँको अवस्था अवलोकन गरेपछि पुनःनिर्माण अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

पुरातात्विक सम्पदाका रूपमा रहेको पिपरामठ वीरगञ्जको ऐतिहासिक र धार्मिकस्थल भएको उल्लेख गर्दै उहाँले यसलाई पुरानै शैलीमा पुनःनिर्माण गरेर व्यवस्थित बनाइने बताउनुभयो ।

पुरातात्विक सम्पदाका रूपमा रहेको पिपरामठ, मर्मत र संरक्षण नगरिँदा जीर्ण बन्दै गएको छ । पिपरामठ गुठी संस्थानअन्तर्गत रहे पनि वीरगञ्जको सम्पत्ति भएकाले यसको संरक्षण र संव’द्र्धन महानगरपालिकाले गर्ने नगरप्रमुख सिंहले बताउनुभयो ।

२०७९ जेष्ठ २०, शुक्रबार प्रकाशित 1 Minute 174 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।