२०७९ माघ २१ शनिबार
  • काठमाडौँ

तारा एयरले पोखरा-जोमसोम उडान नगर्ने !

जेठ १९, काठमाडौं : तारा एयरकाे पोखरा-जोमसोम-पोरखा उडान बन्द हुने भएको छ । २० देखि २७ जेठसम्मका लागि उक्त रुटको उडान बन्द गरिएको यति एयरले जनाएको छ ।

बिहीबार सूचना जारी गर्दै यति एयरले विशेष कारणबस भोलि २० देखि २७ जेठसम्मका लागि तारा एयरको पोखरा-जोमसोम-पोखरा उडान स्थगति गरिएको जनाएको छ ।

पोखरादेखि जोमसोमका लागि उडेको तारा एयरको विमान आइतबार दु’र्घ-टनामा परेको थियो । दु’र्घ-टनामा २२ जनाको मृ-त्यु भएको थियो । विमान दु’र्घ-टनामा परी ज्यान गुमा-उनेहरूको श-व आज मात्रै आफन्तलाई बुझाइएको छ ।

सरकारले उक्त विमान दु’र्घ-टनाका विषयमा जाँच गर्न एक आयोग गठन गरेको छ । उक्त आयोगलाई विमान दुर्घटनाको कारण र आगामी दिनमा दु’र्घ’टना हुन नदिन चालिनुपर्ने कदमबारे सुझाव दिन कार्यादेश सरकारले दिएको छ ।

२०७९ जेष्ठ १९, बिहीबार प्रकाशित 1 Minute 255 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।