२०८० मंसिर २० बुधबार
  • काठमाडौँ

दुवै पक्षले क्षमायाचना गरेपछि मिरुना र फुर्पाबीच सहमति

जेठ १७, काठमाण्डाै : ‘कबड्डी ४’ की अभिनेत्री मिरुना मगर र फुर्पा लामा तामाङबीच मिलापत्र भएको छ ।
गलत नियतले छोएको भन्दै नायिका मगरले फुर्पा

तामाङलाई थप्पड हानेकाे र तामाङलाई प्रहरीले प’क्राउ गरेको प्रक’रणमा दुवैले आ–आफ्नो गल्ती स्वीकार गर्दै सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् । सहमतिपत्रमा फुर्पाले आफ्नो गल्ती

स्वीकार गरी नायिकासँग माफी मागेको र नायिकाले भाइ
सम्झेर माफी दिएको उल्लेख छ । सिभिल मलमा कबड्डी ४ प्रदर्शन भइरहेका बेला दर्शकहरूलाई साथ दिन पुगेकी मिरुनाले फुर्पाले गलत नियतले छोएको आ’रोप लगाएकी थिएन् ।

थप समाचार, जनता समाजवादी पार्टी, नेपालकी सांसद रेणुका गुरुङले सरकारको आगामी आर्थिक वर्षको बजेटलाई चुनावी बजेट भन्नु सान्दर्भिक नहुने बताएकी छन् ।

मंगलबारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद गुरुङले सरकारले प्रस्तुत गरेको आ.व. २०७९÷८०को बजेटलाई पपुलिष्ट तथा चुनावी बजेट भन्नु सन्दर्भिक नहुने बताएकी हुन् ।
उनले राज्यको दायित्वको रुपमा किसानलाई पेन्सन योजना,

मृगौला प्रत्यारोपण तथा पक्षघात भएका विरामीलाई औष’धिउपचारको लागि खर्च, भुमिहिनलाई आवास निर्माण, जेष्ठ नागरिकलाई सामाजिक सुरक्षामा वृद्धि र राष्ट्रसेवक कर्मचारीको तलवमा वृद्धि गरिएको स्पष्ट पारेकी छन् ।

उनले भनेकी छन्, ‘बजेटमार्फत् किसानलाई योगदानमा आधारित पेन्सन योजना ल्याउनु, मृगौला प्रत्या’रोपण तथा डायलाइसिस गरिरहेका, सबै प्रकारको क्यान्सर रोग निदान भएका र मेरु’दण्ड पक्षघात भएका बिरामीलाई औष’धि

उपचार खर्चवापत् मासिक पाँच हजार प्रदान गर्नु, भूमिहिन तथा सुकुम्बा’सी जनतालाई आवास निर्माणमा सहयोग पु¥याउने, जेष्ठ नागरिकलाई दिइने सामाजिक सुरक्षा भत्ताको दायरा फराकिलो बनाउने र समय अनुकुल राष्ट्रसेवक कर्मचारीहरुको

तलवमानमा वृद्धि गर्ने सरकारको नीतिलाई पपुलिष्ट तथा चुनावी बजेट भन्न त्यति सान्दर्भिक नहुने व्यहोरा अनुरोध गर्न चाहान्छु । यसलाई सबै राजनीतिक दलले राज्यको दायित्वको रुपमा बुझ्न आवश्यक छ ।’

२०७९ जेष्ठ १७, मंगलवार प्रकाशित 1 Minute 225 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।