२०७९ माघ २१ शनिबार
  • काठमाडौँ

मलेसिया रोजगार – श्रम सम्झौता भएपछि पठाइएका कामदारको विवरण पठाउने समय थप, कहिलेसम्म ?

जेठ १६, काठमाडौ : वैदेशिक रोजगार विभागले मलेसियासँग श्रम सम्झौता भएपछि पठाइएका कामदारको विवरण पठाउने म्याद १५ दिन थप गरेको छ ।

यसअघि गत जेठ ५ गते सात दिनभित्र विभागमा मलेसिया पठाएका कामदारको विवरण पठाउन पत्राचार गरेकोे विभागले वैदेशिक रोजगार व्यवसायी संघको लिखित आग्रहमा १५ दिन समय थप गरेकोे हो ।

संघका संयोजक विमलप्रसाद ढकालले केही व्यवसायी स्थानीय तहको निर्वाचनका लागि राजधानी बाहिर र केही व्यवसायी विदेशमा रहेकोे भन्दै विभागले दिएको एक हप्ताको समय अपर्याप्त भएको भन्दै म्याद थप गर्न लिखित आग्रह गरेका थिए ।

विभागले संघबाट प्राप्त पत्र र आग्रहसमेतलाई ध्यान दिएर म्याद थप गरिएको भन्दै थपिएको म्यादमा तोकिएको ढाँचामा अनिवार्यरूपमा विवरण पठाउनुपर्ने बताएको छ । थप भएको म्याद जेठ २६ गतेसम्म रहेको छ ।

२०७९ जेष्ठ १६, सोमबार प्रकाशित 0 Minutes 109 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।