२०८० जेष्ठ २२ सोमबार
  • काठमाडौँ

हर्क साम्पङको अर्को कदम – खानेपानीको मुहानमा नगरप्रहरीको नियमित पहरा !

जेठ १६, धरान : हर्क साम्पाङ्ग धरान उपमहानगरको मेयर निर्वाचित भएसँगै खानेपानीको आपुर्तीलाई सहज बनाउन खानेपानीको मुहानमा उपमहानगरको नगरप्रहरीले नियमित रुपमा पहरा दिने भएको छ ।

धरानको खानेपानीको मुहान आपँगाछी क्षेत्रमा धरान उपमहानगरपालिकाको नगर प्रहरीको टोलीले सरसफाइ गरेपछि मुहानको सुरक्षाका लागि नगरप्रहरीलाई पहरामा खटाउन लागिएको हो ।

नगरप्रहरीले सरसफाइको क्रममा १० बोरा फोहोर संकलन गरेको उपमहानगरपालिकाका नगर प्रहरीको भनाई छ । १५ जना नगर प्रहरीले सो क्षेत्रमा पुगेर आज पहिलो पटक सरसफाइ गरेका हुन् ।मानिस समेत आवत जावत गर्न पुर्णरुपमा बन्देज गरिएको छ । सो क्षेत्रमा नगर प्रहरीले अव देखि नियमित डिउटी गर्ने भएका छन् ।

आपँगाछी क्षेत्र धरानको मुख्य खानेपानीको मुहान क्षेत्र भएकोले मान्छेको आवत जावतले मुहान क्षेत्रमा फोहोर बढ्ने भएकाले आवागमन समेत रोकिने भएको छ । सो क्षेत्र सफा राख्नका लागि विगतमै मानिस आउजाउ गर्न र फोहोर फाल्न नपाइने निर्णय भएको थियो ।

निर्णय पहिल्यै भएता पनि कार्यान्वायन भने भएको थिएन । तर अव देखि सो क्षेत्रमा कडाई गरिने बताइएको छ । गाडी रोकेर दिशा पिसाव गर्न समेत रोक लगाइएको धरान उपमहानगरको नगरप्रहरी स्रोतले बताएको छ । प्रदेश पोटल बाट

२०७९ जेष्ठ १६, सोमबार प्रकाशित 0 Minutes 357 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।