२०८० जेष्ठ २६ शुक्रबार
  • काठमाडौँ

तारा एयरकाे जहाज ठोकिएको आशङ्का गरिएको स्थान मानव बस्तीभन्दा टाढा र अप्ठ्यारो ठाउँमा

जेठ १५, काठमाडौं : पोखराबाट मुस्ताङका लागि उडेको तारा यएरको नाइन एन एइटी ट्विनअटर विमान ठोकि-एको आशंका गरिएको ठाउँ मानव बस्तीभन्दा निकै दूर र उच्च पहाडमा

रहेको अनुमान गरिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार ‘इमरजेन्सी लोकेसन ट्रान्समिटर सङ्केत’ फेला परेको छ । सङ्केतअनुसार जहाज केही वस्तु वा पहाडमा ठो’किएको देखिन्छ ।

तर जहाज ठो-किएको आशङ्का गरिएको स्थान मानव बस्तीभन्दा निकै उच्च पहाडमा पर्ने विमानस्थलले जनाएको छ ।
विमानस्थलले भनेको छ, त्यो पहाड निकै टाढा र अप्ठ्या’रो ठाउँमा हो, अहिले त जान सकिँदैन ।

आकाश खुल्यो भने हेलिकप्टरमा जान सकिएला ।’
सम्प-र्कविहीन भएको तारा एयरको विमानमा १९ जना यात्रु लिएर बिहान ९ बजेर ५५ मिनेटमा पोखराबाट उडेको थियो । मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माका

अनुसार म्याग्दी, मुस्ताङ, पर्वत र कास्कीका सम्भावित सबै ठाउँमा खोजी भइरहेको भए पनि जहाज सम्पर्क-विहीन नै छ । अहिले मुस्ताङका अधिकांश ठाउँमा बाक्लो बादल लागेर पानी परिरहेको स्थानीयले बताए ।

२०७९ जेष्ठ १५, आईतवार प्रकाशित 1 Minute 186 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।