२०८० मंसिर १८ सोमबार
  • काठमाडौँ

तारा एयरको जहाज खोजीमा कठिनाइ !

जेठ १५, काठमाडौं : सम्पर्कविहीन भएको तारा एयरको जहाज खोजीमा कठि-नाइ भएको छ । खराब मैसमका कारण सम्पर्कविहीन ९ एनएईटी ट्विनअटर विमानका खोजीमा कठि-नाइ भएको हो ।

सम्पर्क-विहीन जहाज खोज्न दुईवटा हेलिकोप्टर खाइए पनि खरा’ब मौसमका कारण खाेजी कार्यमा कठि-नाइ भएकाे नागरिक उड्ययन प्राधिरणका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिए ।

सम्पर्कविहीन ट्विनअटर खोज्न गएको हेलिकोप्टर फर्किएको छ । हुस्सु र पानी परेकाले खोजी र उद्धारका लागि गएको फिस्टेल एयरको हिलिकोप्टर फर्किएको हो ।

सम्पर्कविहीन जहाजको खोजी मुस्ताङको घाँसा केन्द्रित भएको छ । स्थानीयले ठूलो आवाज सुनिएको र आगो बलेको देखिएको भनेर खबर गरेपछि टोली त्यसतर्फ गएको हो । खोजी कार्यमा सुरक्ष निकायका तिनै अंग परिचालन गरिएको छ ।

मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले आफूले पनि त्यो सूचना पाएको तर एकिन भइनसकेको बताए ।
पोखराबाट जोमसोम उडेको जहाज अझै सम्पर्कमा आउन सकेको छैन ।

पोखराबाट १० बजेर १५ मिनेटमा उडेको ९ एन एईटी जहाज २० मिनेटमा जोमसोम पुग्नुपर्ने थियो । उक्त सम्पर्कविहीन जहाजमा चालक दलका सदस्य सहित २२ जना सवार रहेको बताइएको छ ।

२०७९ जेष्ठ १५, आईतवार प्रकाशित 1 Minute 148 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।