
जेठ १४, काठमाडौं : सिसडोल पुगेर बालेन साहले भने- फोहोरको समस्या दीर्घकालीन समाधान नभई कुनै उत्सव मनाउँदिन ।
काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन साह नुवाकोटको ओखरपौवा पुगेका छन् । उपत्यकाको फोहोर व्यवस्थापन सम्बन्धी जानकारी लिन ओखरपौवामा रहेको
डम्पिङ क्षेत्रमा बालेन पुगेका हुन् ।उनले सिस्डोल र बञ्चरेडाँडाको अवलोकन समेत गरेका छन् । उपत्यकाको फोहोर व्यवस्थापन हुँदै आएको सो क्षेत्रमा समय समयमा अवरोध हुँदै आएको छ ।
स्थानीयले आफ्ना मागहरू पूरा नहुँदासम्म फोहोर व्यवस्थापन हुन नदिने भन्दै बेला बेला अवरोध गर्दै आएका छन् ।
सरकारले समेत स्थानीयसँग गरेका सहमति कार्यान्वयनमा
लापरबाही गर्दै आएको छ ।उनले फोहोरको समस्या दीर्घकालीन समाधान नभई कुनै जितको उत्सव नमनाउने, खादा, माला नलाउने तथा अन्तर्वार्ता समेत नदिने बताएका छन् ।