२०८० आश्विन ५ शुक्रबार
  • काठमाडौँ

आगोले ज’लेकी वि’रामीलाई छाडेर फर्कियो बुद्ध एयर !

जेठ १३, काठमाडौँ : बुद्ध एयरले आ’गोले ज’लेर ग’म्भीर बनेकी महिलालाई नलिई काठमाडौं फर्किएको छ । बुधबार धनगढीबाट काठमाडौं थप उपचारका लागि आउने तयारीमा

रहेकी बाजुराकी २३ वर्षीया लोकसरी कुँवरलाई बुद्ध एयर लिन नमानेको हो । बुधबार राति ७ः२५ बजेको फ्लाइटमार्फत थप उपचारका लागि काठमाडौं पठाउन लागिएको थियो । तर, राति ९ बजेतिर काठमाडौंबाट धनगढी पुगेको बुद्ध एयरको

उडान नम्बर २५६ को विमान लोकसरीलाई नलिई फर्किएको हो । बाजुराको बुढीगंगा नगरपालिका-१० की लोकसरी ३ जेठमा घरमा काम गर्ने क्रममा आ’गोले ज’लेकी थिइन् । अछामको बयलपाटा अस्पतालमा उ’पचार गराइरहेकी उनलाई थप उपचारका लागि पाटन अस्पताल पठाउन खोजिएको थियो ।

त्यसका लागि उनलाई बयलपाटा अस्पतालबाट धनगढी पु-र्याइएको थियो । उनलाई बुद्ध एयरका कर्मचारी मात्र नभएर पाइलटले समेत लैजान नमिल्ने बताएका थिए । त्यसपछि उनलाई एम्बुलेन्समार्फत काठमाडौं लगिएको थियो ।

यसरी ग’म्भीर विरामीलाई छाडेर गएकोप्रति सामाजिक सञ्जालमा बुद्ध एयरको आ’लोचना भइरहेको छ । चर्को आलोचना सुरू भएपछि बुद्ध एयरले प्रस्टीकरण दिएको छ ।

ह्वील चेयरमा पनि बस्न नसक्ने अवस्थामा रहेकी लोकसरीलाई काठमाडौं लैजान नसकिएको बुद्ध एयरले प्रष्ट पारेको छ । स्ट्रेच’रको व्यवस्था नहुँदा उनलाई लैजान नसकिएको बुद्ध एयरले प्रस्टीकरण छ ।

ह्वील चेयरमा पनि बस्न निकै अप्ठ्यारो र असमर्थता जनाउने आगोले जलेको विरामीलाई धनगढीबाट काठमाडौं उडान लामो र सिटमा बस्नै नसक्ने भएकाले बाध्यतावश ती यात्रुलाई अपलोड गरिएको जानकारी गराउन चाहन्छौं ।

बुद्ध एयरले आफ्नो प्रस्टीकरणमा उल्लेख गरेको छ ।
सोही उडानमार्फत एक ढाड भाँचिएकी विरामीलाई स्ट्रेचरको सहायतामा काठमाडौं लगिएको थियो ।

२४ वर्षीया ढाड भाँचि’एकी वि’रामीलाई स्ट्रेचरको सहायतामा काठमाडौं लगिएको भन्दै बुद्ध एयरले भनेको छ । उहाँले स्ट्रेचरका लागि सबै आवश्यक प्रक्रिया डाक्टरबाट प्रमाणित फिट टु फ्लाईअनुसार नै हामीले सबै सुरक्षाका मापद’ण्ड पु-र्याएर काठमाडौं ल्याएका थियौं ।

२०७९ जेष्ठ १२, बिहीबार प्रकाशित 1 Minute 249 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।