२०७९ माघ २१ शनिबार
  • काठमाडौँ

डा. सन्दुक रुइत भन्नुहुन्छ – बालेन शाह, हर्क साम्पाङ जस्ता निष्ठावान व्यक्तिहरु चुनिनु पैचौंको राजनितीक प्रणालीको अन्त्य हो ।

जेठ १२, काठमाडौं : आँखा रोग विशेषज्ञ डा सन्दुक रुईतले वालेन शाह, हर्क साम्पाङ जस्ता निष्ठावान तथा सकारात्मक सोच भएका व्यक्तिहरु चुनिनु आशालाग्दो कुरा भएको बताएका छन् ।

डा. रुइतको स्टाटस जस्ताको तेस्तै-

समाजिक सञ्जालमा लेख्दै उनले भनेका छन, ‘प्रजातन्त्रको सुन्दरता निर्वाचन हो । निर्वाचनमा जनप्रतिनिधि भनेका जनताको लगानी हो, जनताको विश्वास हो । जनताले चुनेका सहि व्यक्ति समाज प्रति निष्ठावान, देशप्रेमी, जनकल्याणकारी,

आफ्नो क्षेत्र र समग्र देशलाई नै सहि दिशमा फड्को मार्न सक्ने टिम निर्माण गर्न सक्ने प्रतिनिधि हुन । राजनितीक पार्टी एवं संस्था भनेका यहि उद्देश्यको लाई सहि माध्यम भए पनि केहि दशकको अनुभव अत्यन्तै निराशाजनक छ,

पैचौंको राजनितीक प्रणालीवाट पिडित भइ देश र जनतामा नकारात्मक असर परेको छ । यस पाली जनताले सहि मानेमा कमसेकम वालेन शाह, हर्क साम्पाङ्ग जस्ता निष्ठावान तथा सकारात्मक सोच भएका व्यक्तिहरु चुनिनु आशालाग्दो कुरा हो

साथै काठमाण्डौवासीले देखाएको सहि समावेशीताको मर्म सवैले आत्मसात गरुन । यसपालीको चुनावको भावना अन्य स्थानमा पनि निरन्तरता पाओस् क्रमभंगता शुरु होस् । नेपाली जनताको कल्याण होस् ।’

२०७९ जेष्ठ १२, बिहीबार प्रकाशित 1 Minute 250 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।