
वैदेशिक रोजगारीमा ठ-गी गर्ने शर्मा पक्राउ !
बलेवा : वैदेशिक रोजगारी ठ-गी कसुरमा स’जाय सुनाइएका यहाँ एक पुरुषलाई प्रहरीले दुई वर्षपछि पक्राउ गरेको छ।
बागलुङ नगरपालिका–१२ अमलाचौरका ४२ वर्षीय प्रकाश
शर्मालाई जिल्ला प्रहरी कार्यालय बागलुङले नियन्त्रणमा लिएको हो । उनलाई वैदेशिक रोजगारी ठ-गी कसुरमा वैदेशिक रोजगार न्यायाधीकरण इजलाश काठमाडौंले दुई वर्ष पहिले सजाय सुनाएको थियो ।
शर्मालाई एक वर्ष पाँच महिना कैद र एक लाख ५० हजार जरि-वाना फैसला सुनाइएको थियो। सोही दिनदेखि शर्मा फरार थिए।
फरार प्रतिवादी घरमै लुकेर बसेको सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयले आज घरबाटै पक्रा-उ गरी जिल्ला अदालत बागलुङमा बुझाएको जिप्रकाका सूचना अधिकारी इन्द्रबहादुर रानाले जानकारी दिए।