२०७९ माघ २१ शनिबार
  • काठमाडौँ

बालेनको जित निश्चित, स्थापित र सिर्जनामा तीव्र प्रतिस्पर्धामा

जेठ ११, काठमाडौं : काठमाडौं महानगरपालिकाको मेयरका स्वतन्त्र उम्मेदवार बालेन साहले अग्रतालाई अझै कायम गरिरहेका छन् । पछिल्लो मत परिणाम अनुसार उनले ५३०५६ मत प्राप्त गरका छन् ।

उनले अन्य प्रतिस्पर्धीहरु भन्दा लामो अग्रता कायम गरिरहेका हुन् । त्यस्तैगरी उनका प्रतिद्वन्द्वी तथा नेकपा एमाले उम्मेदवार केशव स्थापितले ३३ हजार १६६ मत ल्याएर दोस्रो पोजिशन कायम गरेका छन् । यसअघि उनी नेपाली काँग्रेसका मेयरका उम्मेदवार सिर्जना सिंहभन्दा पछि थिए ।

हालसम्म सिर्जना सिंहले ३३१०५ मत प्राप्त गरेकी छन् । निर्वाचन अधिकृतको कार्यालयका अनुसार हालसम्म काठमाडौं महानगरपालिकाको १ लाख ६४ हजार ५६० मत गनिसकिएको हो । गत बैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनको नतिजा आउने क्रम अन्तिम चरणमा पुगेको छ ।

थप समाचार, काठमाडौं : काठमाडौँ महानगरपालिका–२१ को वडाध्यक्षमा नेकपा (एमाले) का उदय चुडामणि बज्राचार्य निर्वाचित भएका छन् । सो वडामा चार सदस्यहरु पनि एमालेकै विजयी भएका छन् ।

सो वडामा महिला सदस्यमा ज्ञानु डङ्गोल महर्जन, दलित महिला सदस्यमा रीना नेपाली, वडा सदस्यमा न्हुच्छेदेवी महर्जन र श्याम शाक्य विजयी भएका छन् ।

वडा नं १, २, ३, ४, ५, ६, ७, ८, ९, १०, ११, १२, २१, २२, २३, २४, २५, २६, २७, २८, २९ ३०, ३१ र ३२ को मतपरिणाम सार्वजनिक भइसकेको छ । प्रदर्शनीमार्गस्थित राष्ट्रियसभागृहमा मतगणना भइरहेको छ । अहिले वडा नं १३, १४, १५, १६, १७, १८, १९ र २० को मतगणना जारी छ । कामपामा हालसम्म एक लाख ५३ हजार ४०४ मत गणना भइसकेको छ ।

२०७९ जेष्ठ ११, बुधबार प्रकाशित 0 Minutes 166 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।