२०८० मंसिर २२ शुक्रबार
  • काठमाडौँ

संक्र-मित मुलुकबाट नेपाल आउनेलाई क्वारेन्टिन ?

जेठ १०, काठमाडौं : विश्वमा फैलिएको बाँदरेखटिरा (मंकीपक्स) को संक्र-मण नेपालमा पनि फैलनसक्ने सम्भावना रहेको औंल्याउँदै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आम

नागरिक, स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाहरूलाई सजग रहन आग्रह गरेको छ । अमेरिका, क्यानडा, अस्ट्रेलिया, इजरायल, बेलायत, जर्मनी, स्विट्जरल्यान्ड, स्पेन, पोर्चुगल, बेल्जियम, फ्रान्स, नेदरल्यान्ड्स, इटली र स्विडेनलगायत १५ वटा देशमा

मंकी-पक्सको संक्र-मण फैलिएको विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले पुष्टि गरेसँगै नेपाल सरकारले पनि सचेतनाका लागि आग्रह गर्दै स्वास्थ्य सुरक्षा अपनाउन आह्वान गरेको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंकीपक्स संक्रमण

फैलिएका मुलुकबाट नेपाल भित्रने स्वदेशी तथा विदेशी नागरिकहरूलाई को-भिड– १९ मा जस्तै दुई हप्ता क्वारेन्टिन बस्नुपर्ने नियम लागु गर्न आग्रह गरेको छ ।मंकी-पक्स संक्र-मण भएका व्यक्तिमा शरीरमा चिलाउने ख-टिरा वा दाग देखिने र जिउभरि फैलिने हुन्छ ।

यसमा ज्वरो आउने, जीउ सुन्निने र ढाड, टाउको र मांसपेशी दुख्नेगर्छ । संक्र-मण भएको केही दिनमा अनुहारमा पनि बि’मिराहरू देखापर्न थाल्छन् । डब्लूएचओले जनाएअनुसार मंकी-पक्स झट्ट हेर्दा फोहोर खटिरा वा ठेउला भनेर चिनिने गरेको रोगजस्तै देखिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहायक प्रवक्ता सागर अधिकारीले जानकारी गराए ।

डब्लूएचओका अनुसार मंकी-पक्स भा-इरस एकबाट अर्को व्यक्तिमा घाउको रस वा कणबाट र हाच्छिउँ गर्दा निस्कने थुकलगायतका तरल पदार्थका माध्यमबाट फैलिने गर्दछ ।

संक्रमित व्यक्तिको शरीरबाट निस्कने तरल पदार्थ श्वासनली,
आँखा, मुख वा नाकबाट छिर्नसक्ने जनाइएको छ ।
त्यस्तै, संक्र-मित जनावरहरू जस्तै बाँदर वा मुसाको सम्पर्कबाट पनि यो भा-इरस सर्नसक्छ ।

संक्रमितले प्रयोग गरेका लुगा वा सामानबाट पनि सर्नसक्ने डब्लूएचओले जनाएको छ । हालसम्म ८० भन्दा बढी व्यक्तिमा संक्रम-ण पुष्टि भएको र शंका-स्पदको अनुस’न्धान भइरहेको संगठनले जनाएको छ । आजको नेपाल समाचारपत्र दैनिकमा खवर छ ।

२०७९ जेष्ठ १०, मंगलवार प्रकाशित 1 Minute 222 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।