२०७९ असार १५ बुधबार
  • काठमाडौँ

भरतपुर महानगरको मत गणना बाँकी रहँदै मेयरमा रेणु दाहाल विजयी

जेठ ९, भरतपुर : भरतपुर महानगरपालिकाको प्रमुख (मेयर) पदको मतगणना जारी रहेको छ । तर, मतगणना नसकिँदै पाँच दलीय गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी उम्मेदवार

रेणु दाहाल विजयी भएकी छन् । भरतपुर कूल खसेको मत १ लाख २७ हजार ८३९ मध्ये १ लाख १६ हजार ६६६ गणना भइसकेको छ । अब, मत गणना गर्न बाँकी ११ हजार १७३ रहेको छ ।

तर, उक्त मत गणनाभन्दा पनि रेणुको मतान्तर बढी रहेको छ । पछिल्लो प्राप्त मत परिणामअनुसार रेणुले ४७ हजार ४० मत प्राप्त गरेकी छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका विजय सुवेदीले ३५ हजार ५८३ मत पाएका छन् ।

र, सुवेदी रेणुभन्दा ११,४५७ मतका साथ पछि रहेका छन् । यो मत भनेको गणना गर्न बाँकी रहेको मतभन्दा बढी हो ।
उपमेयरतर्फ पनि नेपाली कांग्रेसका चित्रसेन अधिकारी पनि

मत गणना गर्न जारी रहँदै विजयी भइसकेका छन् । उनले ४७,९५८ मत पाउदा उनका प्रतिस्पर्धी राप्रपाकी हिमला गुरुङले २७,९२२ पाएकी छन् । हिमला अधिकारी भन्दा २० हजारभन्दा बढी मतले पछि छन् ।

२०७९ जेष्ठ ९, सोमबार प्रकाशित 0 Minutes 123 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार