२०८० जेष्ठ २५ बिहीबार
  • काठमाडौँ

श्रम मन्त्रालय भैरहवा बाटै वैदेशिक रोजगारीमा जानेलाई सेवा दिने !

जेठ ९, काठमाण्डौ : गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल हुँदै वैदेशिक रोजगारीमा जाने श्रमिकलाई सेवा दिन आवश्यक प्रबन्ध गर्न श्रम मन्त्रालयले तयारी थालेको छ ।

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीसहितको टोली शुक्रबार भैरहवा गएर आवश्यक प्रबन्ध गर्ने श्रम मन्त्रालयले जनाएको छ । भैरहवामा वैदेशिक रोजगार सम्बन्धी कार्यालयका साथै म्यानपावर कम्पनीका शाखा,

अभिमुखीकरण तालिम दिने संस्था र स्वास्थ्य परीक्षण गर्ने संस्थाहरूको छिट्टै विस्तार गर्ने मन्त्रालयको योजना छ ।
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएकै दिनदेखि जजिरा एयरवेजले कुवेत भैरहवा व्यवसायीक उडान गरिरहेको छ ।

भने खाडीका अन्य श्रम गन्तव्य देश साउदी र कतारबाट पनि उडान भर्ने तालिका सार्वजनिक गरिसकेको छ । तर नयाँ श्रम स्वीकृति, म्यानपावर कम्पनी र अभिमुखीकरण तालिम दिने

संस्था लगायत काठमाण्डौ नै केन्द्रित भएकाले भैरहवा हुँदै वैदेशिक रोजगारीमा जानेहरू काठमाण्डौ आउन पर्ने बाध्यता छ । तर विमानस्थल सञ्चालनमा आएसँगै श्रम मन्त्रालय आवश्यक सेवा प्रदानका लागि प्रबन्ध गर्न तयारीमा जुटेको छ ।

२०७९ जेष्ठ ९, सोमबार प्रकाशित 0 Minutes 163 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।