२०८० मंसिर २० बुधबार
  • काठमाडौँ

काठमाडौमा बालेनको वडामा लौरोलाई दोब्बरभन्दा बढीको अग्रता

काठमाडौँ : काठमाडौं महानगरपालिकाको वडा नम्बर ९ मा स्वतन्त्र उम्मेदवार बालेन साह अन्य प्रतिस्पर्धीभन्दा निकै अगाडि देखिएका छन् । यो बालेनकै मतदाता नामावली भएको वडा हो ।

बालेनको घर काठमाडौं–९ गैरीगाउँमा रहेको छ । हालसम्म वडा नम्बर ९ को ७ हजार ४६९ वटा मतगणना भइसकेको छ । प्राप्त विवरणअनुसार बालेनले ३३१८ मत ल्याएर लिड गरिरहेका छन् ।

दोस्रोमा रहेकी कांग्रेस उम्मेदवार सिर्जना सिंहको १३८२ भोट आएको छ । यस्तै एमालेका उम्मेदवार केशव स्थापितले यस वडाबाट ११२० भोट ल्याएका छन् । यो वडाको मतगणना सकिन लागेको छ ।

हालसम्म काठमाडौंका २० वडाको मतगणना सकिँदा बालेन अन्य प्रतिस्पर्धीहरुभन्दा १८ हजार बढी मतले अगाडि छन् । उनको जित लगभग निश्चित देखिएको छ ।

२०७९ जेष्ठ ९, सोमबार प्रकाशित 0 Minutes 447 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।