२०८० आश्विन ५ शुक्रबार
  • काठमाडौँ

बालेनको ४३ हजारभन्दा बढी मत आउँदा सृजनाको २५ हजार

काठमाडौँ : काठमाडौँ महानगरपालिकाको प्रमुख पदको स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले ४३ हजार ७५७ मत प्राप्त गरी अग्रस्थान कायम गर्नुभएको छ ।

जारी मतगणना अनुसार नेपाली कांग्रेसका उम्मेदवार सिर्जना सिंहले २५ हजार ६८० मत प्राप्त गर्नुभएको छ । यसैगरी नेकपा (एमाले)का उम्मेदवार केशव स्थापितले २४ हजार ५७८ मत ल्याउनुभएको छ ।

भने उपप्रमुखमा सोही पार्टीको उम्मेदवार सुनिता डङ्गालले ४४ हजार ७०५ मत ल्याएर अग्रस्थानमा हुनुहुन्छ । उपप्रमुखमा नेकपा (एकीकृत समाजवादी)का रामेश्वर श्रेष्ठले १५ हजार ६७० मत पाउनुभएको छ ।

प्रदर्शनीमार्गस्थित राष्ट्रियसभागृहमा मतगणना भइरहेको छ । अहिले वडा नं ९, १०, १३, १४, १५, २०, २२ र २६ को मतगणना कार्य जारी छ ।

वडा नं १, २, ३, ४, ५, ६, ७, ८, ११, १२, २३, २४, २५, २७, २८, २९ ३०, ३१ र ३२ को मतपरिणाम सार्वजनिक भइसकेको छ । कामपामा हालसम्म एक लाख २४ हजार ५४४ मतगणना भएको छ ।

२०७९ जेष्ठ ९, सोमबार प्रकाशित 0 Minutes 178 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।