२०८० आश्विन ५ शुक्रबार
  • काठमाडौँ

काठमाडौंमा सुनिता डंगोलले पाइन् ३८ हजार बढी मत

जेठ ८, काठमाडौ : काठमाडौं महानगरपालिकाको उपमेयरमा नेकपा एमालेकी उम्मेदवार सुनिता डंगोलले ३८ हजार बढी मत पाएकी छन्।

आइतबार बिहानसम्ममा एक लाख ६ हजार ५१६ मत गन्दा उनले ३८ हजार ३५१ मत पाएकी हुन्। उनका प्रतिस्पर्धी सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार बनेका नेकपा (एकीकृत

समाजवादी)का उम्मेदवार रामेश्वर श्रेष्ठले १३ हजार ४३१ मत पाए। सुनिता रामेश्वरभन्दा २४ हजार ९२० मतले अगाडि छिन्। उनले सुरूवात देखि नै अग्रता लिएकी थिइन्।

कञ्चनपुर : कृष्णपुर नगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवार हेमराम ओझा नगरप्रमुख र द्रौपती राना उपप्रमुखमा निर्वाचित हुनुभएको छ ।ओझाले नगरप्रमुखमा १० हजार ३३४

मत प्राप्त गर्नुभएकामा निकतटम प्रतिस्पर्धी नेकपा (माओवादी केन्द्र¬)का जोगराम चौधरीले आठ हजार ३००, नेकपा एमालेका लोकेन्द्र पन्तले छ हजार ४७४ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

उपप्रमुखतर्फ कांग्रेसकै द्रौपती रानाले नौ हजार ६७५ मत प्राप्त निर्वाचित हुनुभएकामा निकटतम प्रतिस्पर्धी माओवादीका गीता मल्लले आठ हजार ८५१ र एमालेकी रमिता रानाले सात हजार ३१६ र मत प्राप्त गर्नुभएको छ । यसअघिको निर्वाचनमा ओझा एमालेका कर्णबहादुर हमालसित पराजित हुनुभएको थियो ।

२०७९ जेष्ठ ८, आईतवार प्रकाशित 0 Minutes 260 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।