२०७९ असार १५ बुधबार
  • काठमाडौँ

भारी मतान्तरका साथ मेयरमा वालेन र उपमेयरमा सुनिताको अग्रता कायमै

जेठ ७, काठमाडौं : काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साह (वालेन)ले भारी मतान्तरका अग्रता कायम गरेका छन् ।

निकटतम् प्रतिद्वन्द्धी नेकपा (एमाले)का केशव स्थापितलाई १५ हजार ५८३ मतान्तरले पछि पार्दै वालेनले आफ्नो अग्रतालाई निरन्तरता दिइरहेका छन् । वालेनले ३४१३० मत प्राप्त गर्दा एमालेका केशव स्थापितले १८५४७ मत प्राप्त गरेका छन् ।

त्यस्तै नेपाली कांग्रेसकी सिर्जना श्रेष्ठले पनि १८,४२९ मत प्राप्त गर्दा राप्रपाका मदनदास श्रेष्ठले १७९६ मत प्राप्त गरेका छन् । यसका साथै स्वतन्त्र उम्मेदवार सुमन सायमीले १२०३ र विवेकशील साझा पार्टीकी समीक्षा बाँसकोटाले २१४ मत प्राप्त गरेकी छन् ।

यसका साथै काठमाडौं महानगरको उप प्रमुखमा नेकपा (एमाले)की सुनिता ढंगोल भारी मतान्तरका साथ अग्र स्थानमा छन् । उनले २६५७५ मत प्राप्त गर्दा नेकपा (एस)का रामेश्वर श्रेष्ठले ८५९१, राप्रपाकी विनिता मगैयाले ३६२३ र स्वतन्त्र उम्मेदवार बेन्जिसिंह महर्जनले २१४२ मत प्राप्त गरेका छन् ।

२०७९ जेष्ठ ७, शनिबार प्रकाशित 0 Minutes 215 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार