२०७९ असार १५ बुधबार
  • काठमाडौँ

काठमाडौँमा बालेनको अग्रता कायमै, सिर्जना स्थापितभन्दा ३६ मतले अगाडि

जेठ ७,काठमाडौँ : काठमाडौं महानगरपालिकाका स्वतन्त्र उम्मेदवार बालेन शाह अग्रस्थानमा छन् । निर्वाचन अधिकृतको कार्यालयले दिएको पछिल्लो जानकारी अनुसार ९६ हजार ६ सय ४९ मत गणना भएको छ ।

मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन शाह ३४ हजार ९ सय ४८ मत ल्याएका छन् । दोस्रो स्थानमा रहेका नेकपा एमालेका मेयर उम्मेदवार केशव स्थापित तेस्रो स्थानमा पुगेका छन् । उनलाई तेस्रो स्थानमा रहेकी गठबन्धनका तर्फबाट उम्मेदवारी दिएकी सिर्जना सिंहले उछिनेकी हुन् ।

नेपाली काँग्रेसकी सिर्जना सिंहले १९ हजार १ सय ४९ मत ल्याएकी छन् भने केशव स्थापितले १९ हजार १ सय ४९ मत ल्याएका छन् । सिर्जना ३६ मतले स्थापितभन्दा अगाडि छिन् ।अहिले काठमाडौं महानगरका ९ वटा वडाको मत गणना जारी छ ।

थप समाचार, चितवन : भरतपुर महानगरपालिकाको मेयरमा नेकपा (माओवादी केन्द्र)की उम्मेदवार रेणु दाहालले अग्रता बढाउँदै लगेकी छन् । रेणुले नेकपा (एमाले)का विजय सुवेदीलाई ५५९० मतान्तरले पछि पारेकी छन् ।

ताजा मत परिणाम अनुसार गठबन्धनबाट मेयरको उम्मेदवार बनेकी रेनु दाहालले २८ हजार ८०८ मत प्राप्त गरेकी छन् । त्यस्तै नेकपा (एमाले)का विजय सुवेदीले २३ हजार २१८ मत पाएका छन् ।

स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले १० हजार ९८ मत प्राप्त गरेका छन् । त्यस्तै उपमेयरतर्फ नेपाली काँग्रेसका चित्रसेन अधिकारीले ३१ हजार १२१ मतका साथ अग्रता कायम राखेका छन् । राप्रपाकी हिमला गुरुङले १८ हजार २२ मत प्राप्त गरेकी छन् ।

२०७९ जेष्ठ ७, शनिबार प्रकाशित 0 Minutes 161 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार