
जेठ ७, काठमाडौं : काठमाडौं महानगरपालिकामा हालसम्म ८२,९२१ मत गणना भएको छ । जसक्रमममा स्वतन्त्र तर्फका मेयरका उम्मेदवार बालेन शाह अगाडि रहेका छन् । उनले हालसम्म ३१०१५ मत पाएका छन् ।
त्यस्तैगरी उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका केशव स्थापितले १६,५२७ मत पाएका छन् । बालेन र स्थापितको मतान्तर १४,४८८ रहेको छ । उता गठबन्धनकी साझा उम्मेदवार नेपाली काँग्रेसकी सिर्जना सिंहले १६,२२४ मत पाएकी छन् ।
थप समाचार, हेटौँडा उपमहानगरपालिकाको प्रमुखमा गठबन्धनका उम्मदेवार नेकपा (एकीकृत समाजवादी) का मीना लामाले २३ हजार ७५ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी एमालेका अनन्त पौडेलले २० हजार ९०८ मत प्राप्त गर्नुभएको छ ।
निर्वाचन कार्यालय हेटौँडाका अनुसार राप्रपाका दीपकबहादुर सिंहले २० हजार ५३१ प्राप्त गर्नुभएको छ । नतिजाअनुसार उपप्रमुख पदमा गठबन्धनका नेपाली कांग्रेसका राजेश बानियाँले
३२ हजार ५९३ मत प्राप्त गर्नु भई विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी एमालेकी सुमित्रा काफ्लेले २३ हजार ९०९ मत प्राप्त गर्नुभएको छ । राप्रपाकी इन्दिरा न्यौपानेले पाँच हजार ४८६ मत प्राप्त गर्नुभएको छ ।