२०८० जेष्ठ २६ शुक्रबार
  • काठमाडौँ

धरानमा पनि ‘लौरो’ को कमाल, हर्क साम्पाङको फराकिलो अग्रता

जेठ ७ धरान : धरान उपमहानगरापलिकको मेयरमा स्वतन्त्र उम्मेदवार हर्क साम्पाङले आफ्ना प्रतिद्वन्द्वीसँग २,३६१ मतान्तर बनाएका छन् ।

उनले गबन्धनका साझा उम्मेदवार किशोर राईलाई करिब साढे २ हजारको मतान्तर बनाएका हुन् । पछिल्लो मतपरिणाम अनुसार साम्पाङले साम्पाङले १३ हजार ४०५ मत पाएका छन् ।

त्यस्तै किशोर राईले ११ हजार ४४ मत पाएका छन् ।
त्यस्तै नेकपा एमालेका मेयर उम्मेदवार मञ्जु भण्डारी सुवेदीले ९ हजार ५४ मत पाएकी छन् ।

उपमेयरमा भने गठबन्धनका उम्मेदवार नेकपा माओवादी केन्द्रका आइन्द्र विक्रम बेघा लिम्बूको रहेको छ । पछिल्लो मत परिणाम अनुसार उनले १३ हजार ५९ मत पाएका छन् । उनका निकटतम प्रतिद्वन्द्वीका रुपमा एमालेका पदम इस्वो लिम्बूले १२ हजार ३१७ मत पाएका छन् ।

२०७९ जेष्ठ ७, शनिबार प्रकाशित 0 Minutes 196 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।