२०८० आश्विन १४ आईतवार
  • काठमाडौँ

धरानमा किशोर भन्दा स्वतन्त्र हर्कराज साम्पङ १६०० ले अगाडि

जेठ ६, काठमाडौं : सुनसरी जिल्लाको धरान उप महानगर पालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार हर्कराज राईले आफ्नो अग्रतालाई कायमै राखेका छन् ।

निकटतम् प्रतिद्वन्द्धी नेपाली कांग्रेसका किशोर राईलाई १६०० मतान्तरले पछि पार्दै स्वतन्त्र उम्मेदवार हर्कराज राईले आफ्नो अग्रतालाई निरन्तरता दिएका हुन् ।

पछिल्लो ताजा मत परिणाम अनुसार हर्कराज राईले १२,८०५ मत प्राप्त गरेका छन् । त्यस्तै उनका प्रतिस्पर्धी किशोरले ११,२०५ मत प्राप्त गरेका छन्, भने नेकपा एमालेकी मञ्जु भण्डारी सुवेदीले ९१४८ मत प्राप्त गरेकी छन् ।

यता उममेयरमा भने नेकपा (माओवादी केन्द्र)का अइन्द्र विक्रम बेघाले १३,०३२ मतका साथ अगाडि रहेका छन् । उनलाई नेकपा एमालेका पदम प्रसाद लिम्बूले १२,३१६ मतका पछ्याइरहेका छन् ।

२०७९ जेष्ठ ६, शुक्रबार प्रकाशित 0 Minutes 265 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।