२०७९ आश्विन १९ बुधबार
  • काठमाडौँ

धरानमा लौरो र रुखमध्ये कस्ले मार्ला बाजी ?

काठमाडौं : धरान उपमहानगरपालिको मतगणना रोचक बन्दै गएको छ । मेयरमा लौरो चिन्हका स्वतन्त्र उम्मेदवार हर्क साम्पाङले झीनो मतले अग्रता लिइरहेका छन् ।

त्रीपक्षीय प्रतिष्पर्धामा थोरै मतले मात्र जीतहार हुने देखिएको छ । हालसम्म २९ हजार ७६४ मत गणना भइसक्दा साम्पाङले १७९ मतले अग्रता बनाएका छन् । सुरुवाती चरण देखिनै

अग्रता लिएको गठबन्धन दलका उम्मेदवारलाई १४ मतले उछिन्दै अघि बढेका सम्पाङले मतान्तर बढाउदै गएका छन् । पछिल्लो मत परिणाम अनुसार साम्पाङले ८६१६ मत प्राप्त गर्दा नेपाली काँग्रेसका किशोर राईले ८४३७ मत प्राप्त गरेका छन् ।

एमालेकी उम्मेदवार मञ्जु भण्डारी सुवेदीले भने ६८९५ मत प्राप्त गरेकी छिन् । यसै गरी, उपमेयरमा गठबन्धनका उम्मेदवार अइन्द्रबिक्रम बेघाको अग्रता कायमै छ । उनले ९५२० मत प्राप्त गरेका छन् । एमाले उम्मेदवार पदम इस्वोले ९१६२ मत प्राप्त गरेर बेघालाई पछ्याइरहेका छन् ।

२०७९ जेष्ठ ५, बिहीबार प्रकाशित 0 Minutes 190 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार