
जेठ ३, काठमाण्डाै : काठमाण्डाै महानगरपालिकाकाे मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहले फराकिलाे अग्रतालाई कायमै राख्नुभएकाे छ ।
अहिलेसम्म ३१ हजार ४ सय ६७ मत गन्दा साहले ११ हजार ९ सय ६३ मतसहित अग्रता लिइरहनुभएकाे हाे । उहाँका प्रतिस्पर्धी नेकपा एमालेका केशव स्थापित ५ हजार ४ सय २ मतले पछि हुनुहुन्छ ।
स्थापितले ६ हजार ५ सय ६१ मत प्राप्त गर्नुभएकाे छ । मेयरमै गठबन्धनकाे तर्फबाट नेपाली कांग्रेसकी सिर्जना सिंहले ५ हजार ७ सय ६३ मत प्राप्त गर्नुभएकाे छ । यस्तै उपमेयरमा नेकपा एमालेकी सुनिता डंगाेलले पनि फराकिलाे अग्रतालाई कायमै राख्नुभएकाे छ ।
थप समाचार, भरतपुर महानगरपालिकाको प्रमुख (मेयर) पदमा पाँच दलीय सत्ता गठबन्धनकी साझा उम्मेदवार रेणु दाहालले अग्रता लिएकी छन् ।
पछिल्लो प्राप्त मतगणनाअनुसार उनले ७१५६ मत प्राप्त गर्दा उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका विजय सुवेदीले ६८७४ मत पाएका छन् । यस्तै, स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ३४७५ मत पाएका छन् ।
उपप्रमुखतर्फ नेपाली कांग्रेसका चित्रसेन अधिकारी ८६७८ मतका साथ अग्र स्थानमा रहेका छन् । उनका प्रतिस्पर्धी राप्रपाका हिमला गुरुङले ५६७२ मत पाएकी छन् ।