२०८० जेष्ठ २५ बिहीबार
  • काठमाडौँ

काठमाडौमा तीव्र गतिमा लौरो, सुस्त गतिमा घाम, हेर्नुस् काठमाडौंको पछिल्लो मतपरिणाम !

जेठ ३, काठमाडौं महानगरपालिकाको मेयरका उम्मेदवार बालेन शाहले फेरि मतान्तर बढाएका छन् । पछिल्लो मत परिणाम अनुसार उनले १० हजार २४१ मत प्राप्त गरेका छन् ।

उनका प्रतिस्पर्धी नेकपा एमालेका केशव स्थापितले ५ हजार ४५३ मत मात्रै प्राप्त गरेका छन् । बालेनको स्थापितसंग ४ हजार ७८८ मतान्तर हो ।

यसअघिको सार्वजनिक विवरणमा बालेन भन्दा ४,७८८ मतले पछि परेका थिए । त्यसअघि बालेन स्थापित भन्दा ४१०१ मतले पछि थिए । यो अवस्था हेर्दा बालेनले मत परिणाम

सार्वजनिक गरेपिच्चे मतान्तर बढाइरहेका छन् । त्यस्तै नेपाली कांग्रेसकी सिर्जना सिंहले ४ हजार ७४२ मत प्राप्त गरेकी छन्।
उता उपमेयरमा भने एमालेकी सुनिता डंगोलले अग्रतालाई

निरन्तरता दिइरहेकी छन् । आफ्ना प्रतिद्वन्द्वीलाई उनले ५ हजार भन्दा बढीले पछि पारेकी छन् । उनले हालसम्म ७ हजार ८३० मत प्राप्त गरेकी छन्।

२०७९ जेष्ठ ३, मंगलवार प्रकाशित 0 Minutes 363 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।