२०८० मंसिर २२ शुक्रबार
  • काठमाडौँ

नेपाल एयरलाइन्सले अब साउदीको रियाद, दमाम र जेद्दा उडान भर्ने !

काठमाडौँ : साउदी अरेबियाले नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) लाई उडान अनुमति दिएको छ। साउदी अरेबियाको नागरिक उड्डयन नियामक निकाय जनरल

अथोरिटी अफ सिभिल एभिएशन (जेएसिए) ले निगमलाई आइतबार उडानको अनुमति दिएको हो । जेएसिएबाट प्राप्त अनुमतिअनुसार निगमले रियाद, दमाम र जेद्दामा उडान गर्न पाउनेछ।

यसैबीच निगमले एक विज्ञप्ति जारी गरी आगामी वैशाखदेखि काठमाडौं- रियाद – काठमाडौँ क्षेत्रमा साताको तीन दिन व्यावसायिक उडान गर्ने जनाएको छ।

यसअघि निगमले साउदीमा चार्टर उडानबाट आंशिक सेवा दिँदै आइरहेको थियो । उडान अनुमति लिन निगमको कार्यकारी अध्यक्ष युवराज अधिकारीसहित अन्य कर्मचारी साउदी गएका थिए । निगमले अप्रिलबाट काठमाडौं- रियाद -काठमाडौं सातामा तीन दिन उडान गर्ने त जनाएको छ।

२०७९ जेष्ठ २, सोमबार प्रकाशित 1 Minute 299 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।