२०८० मंसिर २२ शुक्रबार
  • काठमाडौँ

कुवेत बाट ५० यात्रु सिधै भैरहवा आएपछि…

जेठ २, भैरहवा : गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलमा पहिलो अन्तराष्ट्रिय व्यावसायिक उडान भएको छ। कुवेतबाट आएको जजिराको जेजेड आर ५४५ एयरवस ए ३२०–२३३ विमानले

सोमबार बिहान ७ बजे १७४ यात्रु लिएर उडान भरेको हो।
विमानस्थलको प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गरेका छन्।.यसअघि बुधबार भारतको दिल्लीबाट अन्तराष्ट्रिय विमानको रुपमा भारतीय सेनाले उडान गरेको थियो ।

सो विमानले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमण लक्षित सुरक्षा अधिकारी, सुरक्षा सामाग्री र बुलेट प्रुफ कार ल्याएको थियो। साताको ३ दिन जजिरा एयरलाइन्स नियमित उडान गर्ने गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलले जनाएको छ।

जजिरा एयरलाइन्स सोमबार, बुधबार र शुक्रबार सातामा ३ दिन राति पौने २ बजे भैरहवामा अवतरण गर्ने र सोही राति अढाइ बजे फिर्ता हुने तालिका छ । अहिले जजिराले १ सय ७५ जना क्षमता रहेको न्यारो बडी एयरबस ३२० भैरहवा ल्याएको छ।

जुलाइदेखि जजिराले दैनिक उडान भर्ने विमानस्थल प्रशासनले जानकारी दिएको छ। सन् २०१४ मा विमानस्थल आयोजना सुरु भएको थियो । करिव १० अर्बको लागतमा निर्माण सम्पन्न विमानस्थलमा ५८ करोड लागतको उपकरण जडित छ।

पूर्वाधारको काम अझै बाँकी रहेको र यसलाई विस्तारै बढाउदै लैजाने बताइएको छ । पहिलो अन्तराष्ट्रिय व्यवसायिक उडान नागरिक उडडयनको लागि ऐतिहासिक क्षण रहेको नेपाल नागरिक उडडयनका महानिर्देशक प्रदिप अधिकारीले बताएका छन्।

२०७९ जेष्ठ २, सोमबार प्रकाशित 0 Minutes 398 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।