२०७९ श्रावण २२ आईतवार
  • काठमाडौँ

बधाई ! कतारी राजकुमारी थानीद्वारा कञ्चनजंगा हिमालको सफल आरोहण

जेठ २, काठमाडौं : कतारी राजकुमारी शेखा आस्मा अल थानीले विश्वको तेस्रो अग्लो तथा ८,५८६ मिटर अग्लो कञ्चनजंगा हिमाल सफल आरोहण गरेकी छन् ।

थानीले गत शनिबार (मे ७) तारिखको बिहान ११ बजे कञ्चनजंगा हिमालको चुचुरोमा सफलतापूर्वक पाइला टेकेकी छन् । उनले कञ्चनजंगामा पाइला टेकेकी टिमको गाइड कीर्तिमानी आरोही निर्मल पुर्जाले आफ्नो फेसबुक

पेजमार्फत सार्वजनिक गरेका छन् । थानी कञ्चनजंगामा हिमालको आरोहण गर्ने पहिलो अरबी महिला बनेकी छन्।
उनी विश्वका सात महाद्वीपका सात सर्वोच्च शिखर आरोहण गर्ने र दुई ध्रुवमा पाइला राख्ने लक्ष्यसहित कञ्चनजंगा हिमाल चढेकी हुन् ।

अन्टार्टिकाको साउथपोलमा अवस्थित सबैभन्दा अग्लो विन्सन हिमाल (४,८९२ मिटर)को सफल आरोहण गरी उनी सगरमाथा आरोहणका लागि नेपाल आएकी हुन् ।

थानीले यसअघि नेपालको अमा दब्लम, धौलागिरी र बिना अक्सिजन मनास्लु हिमालको सफल आरोहण गरिसकेकी छन्। उनी विन्सन हिमाल आरोहण गर्ने पहिलो अरबी महिला हुन् ।
थानी ‘‘एक्स्प्लोरर्स ग्रान्ड स्लाम’ पूरा गर्ने पहिलो कतारी महिला बन्ने यात्रामा छिन् ।

त्यसका लागि संसारका सात उच्च शिखरको आरोहण गर्ने र उत्तर तथा दक्षिण ध्रुवका अग्ला हिमाल आरोहण गर्ने लक्ष्य राख्नुभएको छ ।’ यस पटक सगरमाथा आरोहणमा पनि पुर्जाले थानीलाई साथ दिँदैछन् ।

यसअघि उनले दक्षिण अमेरिकाको छ हजार ९६९ मिटरको माउन्ट एकोनकागुआ र अफ्रिकाको पाँच हजार ८९५ मिटर अग्लो माउन्ट किलिमन्जारो र यूरोपको ५ हजार ६४२ मिटर अग्लो माउन्ट एल्ब्रस चढिसकेकी छिन् ।

२०७९ जेष्ठ २, सोमबार प्रकाशित 0 Minutes 139 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार