२०८० मंसिर २० बुधबार
  • काठमाडौँ

काठमाडौको मेयरको उमेदवार बालेनको जित/हारमा खसी बाजी राख्ने खोटाङका दुई पक्राउ

काठमाडौँ : बालेन्द्र साह (बालेन)को जित/हारमा खसी बाजी राख्ने खोटाङका दुई जनालाई प्रहरीले प’क्राउ गरेको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-५ लफ्याङका

विजय फुयाल र रमेश खड्का सोमबार प’क्राउ परेका हुन् ।
यस्तो बाजी गैर’कानुनी भएकाले प’क्राउ गरिएको प्रहरी नायक उपरीक्षक लम्सालले बताए । साहले चुनाव जिते फुयाललाई खड्काले २८ किलोको खसी दिनुपर्ने र चुनावमा साह

पराजित भए फुयालले २८ किलोकै खसी खड्कालाई तिर्नुपर्ने भन्नेबारेमा दुवै पक्षले गरेको तमसुक बाहिरिएको थियो । यदि खसी दिन नसकेमा त्यति किलोको खसीको मूल्य दिनुपर्ने उनीहरूद्वारा गरिएको तमसुकमा उल्लेख गरिएको छ ।

दिक्तेलस्थित राजन दुलालको घरमा बसेर स्थानीय दिनेश आचार्य, सुमन बास्तोला र सरोज खतिवडाको रोहबरमा उनीहरूले बाजी राखेका थिए । ‘बाजीमा रोहबरमा राखिहाले‚’ दिनेश आचार्यले भने‚ ‘तर‚ बाजीको लेनदेन कहिले भन्ने चाहिँ टुङ्गो भएको छैन ।’

२०७९ जेष्ठ २, सोमबार प्रकाशित 1 Minute 256 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।