२०८० मंसिर १८ सोमबार
  • काठमाडौँ

बालेन तीब्र रूपमा अघि बढ्दै, स्थापितभन्दा सृजनाको मत धेरै

जेठ २, काठमाडौं : काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन साहले अग्रता बढाउँदै लगेका छन्। पछिल्ले मतपरिणाम अनुसार बालेन ५ हजार २ सय १४ मतसहित निकै अगाडि छन्।

उनलाई कांग्रेसकी सृजना सिंहले पछ्याइरहेकी छन्।
सिंहले ३ हजार ७ सय ४० मत पाउँदा नेकपा एमालेका उम्मेदवार केशव स्थापित तेस्रो नम्बरमा छन्। स्थापितले २ हजार ८ सय ३३ मत पाएका छन्।

यसअघि स्थापित दोस्रो नम्बरमा थिए। उता उपमेयरमा भने नेकपा एमालेका उम्मेदवार सुनिता डंगोल निकै अगाडि छन्। उनले ३ हजार ३ सय ८४ मत पाउँदा गठबन्धनका उम्मेदवार रामेश्वर श्रेष्ठले ९ सय ९२ मत पाएका छन्।

यस्तै राप्रपाकी उम्मेदवार बिनिता मगैयाल ७ सय ६० मत पाउँदा विवेकशील साझाका कीर्ति तुलाधरले १ सय ५७ मत पाएकी छन् ।

थप समाचार : पोखरा महानगरको प्रमुखका उम्मेदवार धनराज आचार्यले प्रतिद्वन्द्वीसँग मतान्तर दुरी बढाएका छन् । पछिल्लो मत परिणाम अनुसार नेकपा (एकीकृत समाजवादी)का

उम्मेदवार आचार्यले ३ हजार ४६५ मत प्राप्त गर्दा नेकपा एमालेका कृष्ण थापाले ३ हजार १०८ मत प्राप्त गरेका छन् ।
त्यस्तैगरी राप्रपाका शंकर खरालले ४६२ मत प्राप्त गरेको जनाइएको छ ।

२०७९ जेष्ठ २, सोमबार प्रकाशित 0 Minutes 272 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।