२०७९ आश्विन १५ शनिबार
  • काठमाडौँ

उप-मेयरमा सुनितालाई अन्य प्रतिस्पर्धीले टक्कर दिन सकेनन् ।

जेठ १, काठमाडौं : काठमाडौं महानगरपालिकाको उप–प्रमुख (उप–मेयर) मा सुनिता डंगोलले आफ्नो मतलाई झन् रफ्तारमा अघि बढाएकी छन् ।

उनले अन्य प्रतिस्पर्धीलाई पुच्छारमा छाड्दै अघि बढेकी छन् । हालसम्म उनले ३१५८ मत ल्याएकी छन् । उनका प्रतिस्पर्धीहरु नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी) रामेश्वर श्रेष्ठले

९१५, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) कि बिनिता मगैयाले ६९२ र विवेकशील साझा पार्टीकी कृति कंसाकरले ३५ मत ल्याएकी छन् । अहिलेको प्रारम्भिक मतगणनालाई हेर्ने हो भने सुनिताको जीत निश्चितजस्तै भएको छ । किनकि अन्य प्रतिस्पर्धीले उनलाई टक्कर दिन सकेको देखिँदैन ।

थप समाचार, स्थानीय तह निर्वाचनअन्तर्गत विराटनगर महानगरपालिकाको छ वटा वडाको सात हजार २६८ मतगणना गर्दा गठबन्धन दल नेपाली कांग्रेसले महानगर प्रमुख पदमा अग्रता लिएको छ ।

मुख्य निर्वाचन कार्यालय विराटनगर सूचना अधिकारी हेमबहादुर बुढाथोकीले मतगणनास्थल आदर्श विद्यालयबाट आज जारी गरिएको सूचनामा वडा नं १, २, १६, १७, १८ र १९ नं को वडाको मतगणनामा नेपाली कांग्रेसका महानगर प्रमुख

पदका उम्मेदवार नागेश कोइरालाले दुई हजार ३७७, नेकपा (एमाले) का सागर थापाले एक हजार ७१०, राप्रपाका प्रल्हादप्रसाद साहले ४३२ र स्वतन्त्र उम्मेदवार (लाल्टिन) का उमेश यादवले ७६३ मत प्राप्त गरेका छन् ।

यसैगरी उपप्रमुखमा एमालेकी शिल्पा निरौला कार्कीले एक हजार ९२३, गठबन्धन दलका तर्फबाट जनता समाजवादी पार्टी, नेपालका अमरेन्द्र यादवले एक हजार २०८, राप्रपाकी विन्दाकुमारी लुइँटेल आचार्यले ५२६, स्वतन्त्र उम्मेदवार नमिता न्यौपाने पोखरेल (लाल्टिन) ले ४७० मत प्राप्त गरेका छन् ।

यस्तै वडा नं १ को वडाध्यक्षमा कांग्रेस, वडा नं २ मा राप्रपा, वडा नं १६ मा कांग्रेस, वडा नं १७ मा समाजवादी पार्टी, नेपाल, वडा नं १८ मा स्वतन्त्र र वडा नं १९ मा एमालेका उम्मेदवारले अग्रता लिएका छन् ।

२०७९ जेष्ठ १, आईतवार प्रकाशित 0 Minutes 266 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।