२०८० आश्विन ५ शुक्रबार
  • काठमाडौँ

सभागृहबाहिर नाराबाजी – सागर, बसन्ते, किस्ने- बालेनले हो जित्ने !

बैशाख ३१, काठमाडौं : स्वतन्त्रतर्फका उम्मेदवार बालेन शाहले सुरुवाती मतगणनामा अग्रता बनाइरहेका बेला काठमाडौँ महानगरको मतगणना स्थल राष्ट्रिय सभागृहबाहिर उनको

पक्षमा नाराबाजी भइरहेको छ। प्रारम्भिक मतगणनाका क्रममा बालेन शाहले आफ्ना प्रतिष्पर्धी उम्मेदवारहरु केशव स्थापित र सिर्जना सिंहलाई पछाडि पारेका छन्।

उनका समर्थकहरुले ‘सागर, बसन्ते, क‍िस्ने- बालेनले हो जित्ने’ भन्दै बालेनको पक्षमा नाराबाजी गरेका हुन्।
यद्यपि मेयर पदका अर्का उम्मेदवार एमालेका स्थापितले भने शुक्रबार साँझदेखि आफूले अग्रता पाउने दाबी गरेका छन्।

थप समाचार, ललितपुर महानगरपालिकामा ४०० मत गणना हुँदा नेपाली कांग्रेसका चिरीबाबु महर्जनको अग्रता रहेको छ । वडा नं १ मा गणना भइरहँदा महर्जनले २०५ र प्रमु्खमा नेकपा (एमाले) का उम्मेदवार हरिकृष्ण व्यञ्जनकारले १५६ मत ल्याउनुभएको छ ।

नेकपा (एमाले) की मञ्जली शाक्यले १४४ मत र नेकपा (माओवादी केन्द) का बाबुराजा बज्राचार्यले ५६ मत ल्याएका छन् । बिहान ललितपुर महानगरपालिकामा प्रमुखमा नेपाली कांग्रेसबाट चिरीबाबु महर्जन, एमालेबाट हरिकृष्ण व्यञ्जनकार,

राष्ट्रिय प्रजातन्त्र पार्टीबाट अष्टबहादुर महर्जनलगायत प्रमुखको उम्मेदवार रहेका छन् । उपप्रमुखमा एमालेबाट मञ्जली शाक्य (आस्था), माओवादी केन्द्रबाट बज्राचार्य, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट स्वर्णिमा शाक्यलगायले उम्मेदवार रहेका छन्।

२०७९ बैशाख ३१, शनिबार प्रकाशित 1 Minute 242 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।