२०८० आश्विन १२ शुक्रबार
  • काठमाडौँ

रौटहटमा मतपेटिका लु-टेर भाग्ने को हुन् ?

बैशाख ३०,गौर : रौटहटको यमुनामाई गाउँपालिकामा स्थानीयले मतपेटिका लुटेका छन्। मतदानपछि निर्वाचन अधिकृतको कार्यालयमा लैजना ठिक्क पारेको मटपेटिका बोकेर स्थानीय भागेको फोटो

सामाजिक सञ्जालमा भाइरल भएको छ। प्रहरीका अनुसार यमुनामाई गाउँपालिकाको वडा नम्बर १ को चिकना जेठरहिया ‘क’ मतदानस्थलमा रहेको वडा नम्बर २ को मतपेटिका लुटिएको हो।

त्यहाँ कांग्रेस, एमाले र जसपाका कार्यकर्ताबीच पटक–पटक वि-वाद भएको थियो। वि’वादपछि दलका कार्यकर्ताले मतपत्र च्यातेका छन् भने मतपेटिका बोकेर भागेका छन्।

थप समाचार, निर्वाचन आयोग नेपालले अहिलेसम्म देशभर ६४ प्रतिशत मतदान भएको प्रारम्भिक अनुमान गरेको छ । आयोगले शुक्रवार साँझ पत्रकार सम्मेलन गर्दै अहिलेसम्म देशभर ६४ प्रतिशत मतदान भएको प्रारम्भिक अनुमान गरेको र यो संख्या बढ्न सक्ने जनाएको हो ।

पत्रकार सम्मेलनमा बोल्दै निर्वाच्न आयोग नेपालका प्रमुख निर्वाच्न आयुक्त दिनेशकुमार थपलियाले ६४ प्रतिशत मतदान भएको प्रारम्भिक अनुमान रहेको बताए । उनले अझै केही स्थानमा मतदान कार्य जारी रहेकोले यसमा बढोत्तरी हुनसक्ने बताए ।

प्रमुख निर्वाचन आयुक्त थपलियाले आयोगले अपेक्षा गरेअनुसार मतदान हुन नसकेको बताए । उनले सबैभन्दा धेरै मतदाता रहेको काठमाडौंमा समेत ५२ प्रतिशत मात्रै मत खसेको बताए । उनले अहिलेसम्मको तथ्यांकअनुसार १८ वटा मतदान स्थलमा मतदान स्थगन भएको र एकैचरणमा निर्वाचन गर्नुपरेको कारण चाहेजति सुरक्षा नभएको हो कि भन्ने भान भएको बताए ।

प्रमुख निर्वाचन आयुक्त थपलियाले प्रकृतिको असहजताका कारण केही हिमाली जिल्लाहरु, दुर्गम जिल्लाहरु आवागमनमा अफ्ठ्यारो भएकाले भोलि मात्रै हेलिकप्टरको माध्यमबाट मतपेटिका ओसार्ने गरी आवश्यक व्यवस्था मिलाइएको बताए ।

प्रमुख निर्वाचन आयुक्त थपलियाले भने, ‘आज विहान ७ बजेदेखि अपरान्ह ५ बजेसम्म सम्पन्न भएको स्थानीय तह सदस्यको निर्वाचनमा आम रुपमा यो निर्वाचन शान्तिपूर्ण वातावरणमा सम्पन्न भएको आयोगले विश्वास लिएको छ ।

आज निर्वाचनको दौरानमा विभिन्न जिल्लाहरुमा विभिन्न किसिमका छिटपुट घटना र केही ठाउँहरुमा अप्रिय घटनाहरु पनि भए । यसको कारणले आज सबै तहको स्थानीय निर्वाचन सम्पन्न हुन्छ भन्ने अपेक्षाकाबाबजुद अहिलेसम्म १४ जिल्लाका १७ वटा स्थानीय तहका २८ वटा मतदान स्थलका ४४ वटा मतदान केन्द्रमा मतदान स्थगन भएको अवस्था छ ।’

२०७९ बैशाख ३०, शुक्रबार प्रकाशित 1 Minute 306 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।