२०७९ जेष्ठ ९ सोमबार
  • काठमाडौँ

रेणुको पक्षमा बोल्न सन्दिप क्षेत्रीको प्रचण्ड माफर्त डेढ करोडको सम्झौता !

बैशाख २७, काठमाडौं : चर्चित हास्यकलाकार सन्दिप क्षेत्रीलाई जनताको नभइ माओवादीको कलाकारको ट्याग लागेको छ । स्वतन्त्र कलाकारले माओवादी उम्मेदवारलाई खुलेरै सार्वजनिक मञ्चबाट भोट मागेपछि उनी विवाद तानिएका हुन् ।

सन्दिपले आखिर यस्तो गर्नैपर्ने बाध्यता किन आइलाग्यो भन्ने प्रश्नको रहस्योद्घाटन भएको छ । भरतपुरमा पाँच दलिय गठवन्धनले आयोजना गरेको कार्यक्रममा आमाको नाम लिएर रेणु दाहालको पक्षमा भोट मागेका सन्दिप क्षेत्रीले त्यसका लागि डेढ करोडको डिल गरेको आरोप लागेको छ ।

समाचार स्रोतका अनुसार ६५ लाखका लागि ‘स्पोन्सरसँग कुरा गर्दिनु पर्यो’ भन्दै सन्दिप नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल समक्ष पुगेका थिए । उनको कुरा सुनेपछि दाहालले अर्को पक्षसँग फोनमै कुरा गरे। दाहालको फोनपछि अर्को पक्ष डेढ करोडको सम्झौता गर्न तयार भएको थियो।

सन्दिपको काम गरिदिएपछि दाहालले पनि उनलाई प्रस्ताव राखे। दाहालको प्रस्तावमा सहमति गरेर सन्दिप रेणुलाई भोट माग्न भरतपुर पुगेको श्रोतको दावी छ। आमसभाबाट फर्किएपछि सहभापाठीहरुले उनीसँग सो विषयमा जिज्ञासा राखेका थिए। ‘यसरी खुलेआम कसैको प्रचारमा किन लागेको ?’ भन्दै सहपाठीले राखेको जिज्ञासामा उनले ‘पेट पाल्नु परेन’ भन्दै जवाफ दिएका थिए।

स्पोन्सर नभएर कार्यक्रम वन्द हुनै लागेपछि आफुले यो कदम उठाएको उनले वताएका थिए । उनले कार्यक्रम सञ्चालन गर्ने कान्टिपुर टेलिभिजन नेपालको सवै भन्दा महंगो टेलिभिजन च्यानल हो। श्रेत्री बालाजु नजिकै सानो भ–याङ आसपासमा रहेको क्रिस्चियन स्कुलमा पढेका थिए ।

जुन स्कुल बालाजु औद्योगिक क्षेत्रको नजिकै छ। बैशाख २२ गते गठबन्धनले भरतपुरमा आमसभा आयोजना गरेको थियो। उक्त कार्यक्रममा अप्रत्यासित रुपमा पुगे जसरी सन्दिप क्षेत्री बक्ताको रुपमा पुगेका थिए ।

सन्दिपको त्यो इन्ट्रिलाई प्राय सवैले शंकाको रुपमा लिएका थिए । सामान्यतयाः कुनै पनि ब्यवसायीक कलाकार विना पैसा कुनै पनि कार्यक्रममा सहभागि हुदैनन्। नेपालमा कलाकारलाई पैसा तिरेर विभिन्न कार्यक्रम, सभा, सम्मेलन, महोत्सव आदिमा सहभागी गराउने चलन छ। त्यसमाथि सन्दिप क्षेत्री पैसा बिनाका कार्यक्रमको कुरै सुन्न नमान्ने उनका सहकर्मीहरु नै वताउँछन् ।

तर, उनी भरतपुर पुगेर रेणुको पक्षमा भोट मागेपछि कतिपय कलाकारहरु नै चकित परेका थिए । क्षेत्रीले त्यहाँ गठवन्धनबाट मेयरको उम्मेदवार बनेकी रेणु दाहालको प्रशंसा गर्दै उनका लागि भोट पनि मागे। ‘खासमा म अर्कै कार्यक्रमलाई आएको थिएँ। दिदी (रेनु दाहाल)को कार्यक्रम छ भन्ने थाहा भएपछि मलाई पनि आउँ-आउँ लाग्यो’ भन्दै कुरा सुरु गरेका उनले कार्यक्रममा आउनका लागि पहिले आमालाई सोधेको वताए ।

रेणु दाहालले राम्रो काम गरिरहेकाले त्यहाँ जाँदा फरक पर्दैन भन्दै आमाले भनेपछि आफु कार्यक्रममा आएको वताएका उनले ‘मेरो पितृको आशिष लागोस्’ भन्दै आशिर्वाद पनि दिए । ‘म तपाईंलाई रेनु दिदी भन्छु ।

रेनु दाहालभन्दा प्रचण्डको नाम आउँछ । प्रचण्डज्यू, ढुक्क हुनुस्, छोरी गज्जबको पाउनुभएको छ’ भन्दै उनले आफ्नो ससुराली चितवन भएको र भरतपुरमा पाँच वर्षको अवधिमा देखिएको परिवर्तनले आफूलाई यहाँसम्म तानेको बताएका थिए ।

प्रहारन्यूज मा खबर छ छ ।

२०७९ बैशाख २७, मंगलवार प्रकाशित 1 Minute 15 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार