२०७९ जेष्ठ ७ शनिबार
  • काठमाडौँ

खारेजीको माग गर्दै दुई म्यानपावर कम्पनीले दिए निवेदन, कुनै लेनदेन बाँकी भए सम्पर्क गर्न आग्रह

बैशाख २५, काठमाण्डौ : वैदेशिक राेजगार व्यवसाय गर्न पाउने आफ्नाे इजाजतपत्र खारेजी गरिपाउँ भन्दै वैदेशिक रोजगार विभागमा दुई वटा म्यानपावरले निवेदन दिएका छन् ।

आफ्नो इजाजतपत्र रद्द गरि धरौटी रकम फुकुवा गराइपाउँ भन्दै पुष्पा इन्टरप्राइजेज कम्पनी र स्कील्ड ह्युमन रिसोर्स प्रालीले निवेदन बुझाएको वैदेशिक रोजगार विभागले जनाएको छ ।

यसै सन्दर्भमा विभागले यी म्यानपावरसँग यदि कसैको कारोबार वा लेनदेन बाँकी छ भने विभागमा सम्पर्क गर्न आग्रह गरेको छ । सवुत प्रमाणसहित सूचना प्रकाशित भएको ३५ दिनभित्र सम्पर्क गर्न सकिने विभागले जनाएको छ ।

अन्यथा इजाजतपत्र खारेज र बैंक धरौटी फुकुवा भएपछि सम्बन्धित म्यानपावरसँग कुनै कारबाही गर्न नसकिने पनि विभागले जनाएको छ ।

२०७९ बैशाख २५, आईतवार प्रकाशित 0 Minutes 148 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार