
काठमाडौं : वैदेशिक रोजगार विभागले ठ’गी गर्ने दश जनावि’रूद्व मु’द्दा दायर गरेकोे छ । विभागले बिहीबार वैदेशिक रोजगार न्यायाधिकरणमा ८ जना ट्राभल्स एजेन्सीका
सञ्चालकसहित दश जनाविरुद्व मु’द्दा दायर गरेको हो ।
इन्टरनेशनल एक्स्पो एण्ड टुर्स कन्सल्टेन्सीका सञ्चालक राधा सुवेदीसहितका व्यक्तिले माल्टा पठाउने भन्दै १ सय २२ जनासँग प्रतिव्यक्ति २ लाख ३५ हजार रुपैयाँसम्म
असुलेको विभागका सूचना अधिकारी एवं निर्देशक कृष्णप्रसाद भुसालले जानकारी दिए । उनका अनुसार सञ्चालक सुवेदी लगायतका व्यक्तिहरूले ठ-गीमा परेका जीवन ढुंगेलसहित १ सय २२ जनाबाट १ करोड ६४ लाख ८ हजार रुपैयाँ ठ-गी गरेकोे
भन्दै त्यसको ५० प्रतिशत हर्जना ८२ लाख ४ हजार गरी २ करोड ४६ लाख १२ हजार रुपैयाँ विगो असुल उपर हुनुपर्ने माग गरेका छन् ।
त्यसै, विभागले कास्कीको माछापुच्छ्रे गाउँपालिकाका सदीक्षा गुरुङ र खिनशोभा गुरुङविरूद्व मु-द्दा दायर गरेको छ ।अनुमति विना वैदेशिक रोजगारीका लागि क्यानडा पठाउने भन्दै ४१ लाख ४२ हजार ५ सय रुपैयाँ ठ-गी गरेको आ’रोपमा
न्याधिकरणमा मु-द्दा दायर गरिएको हो । त्यसैगरी विभागले पोखराका कुमार गुरुङलाई क्यानडामा आकर्षक रोजगारी उपलब्ध गराईदिने प्रलोभन दिएर ४१ लाख ४२ हजार ५ सय रुपैयाँ ठ’गी गरेकोे भन्दै त्यसको ५० प्रतिशत हर्जना गरी ६२
लाख ७३ हजार ७ सय ५० रुपैयाँ असुल गर्नुपर्ने दावी गरेको छ । विभागले गत चैत २४ गते गुरुङलाई पक्रा’उ गरेकोे थियोे । वैदेशिक रोजगार ऐनको दफा १० मा अनुमति नलिई वैदेशिक रोजगारीमा पठाउन प्रतिबन्ध लगाएको छ ।
यस्तै ऐनको दफा ४३ ले पी-डितलाई विगो र त्यसको ५० प्रतिशत हर्जना र सात वर्षसम्म कैद गर्ने व्यवस्था गरेकोे छ । यस्तै विभागले आकर्षक वैदेशिक रोजगारीको नाममा शैक्षिक कन्सल्टेन्सीबाट ठ’गीको धन्धा व्यापक रूपमा बढेको निष्कर्ष निकालेको छ ।
राजधानीमा सञ्चालित दर्जनौँ शैक्षिक कन्सल्टेन्सीलाई प्रहरीले पटक–पटक कारबाही चलाउँदै आएको भएपनि कन्सल्टेन्सीबाट वैदेशिक रोजगारको नाममा ठ-गी गर्ने धन्दा भने नरोकिएपछि विभागले शैक्षिक कन्सल्टेन्सीहरू माथि अनुगमनको माग गरेकोे छ ।
वैदेशिक रोजगारीका लागि जापान, युरोपेली मुलुक, अमेरिका र क्यानडा पठाइदिने भन्दै तेस्रो व्यक्ति खडा गरेर एक लाख रुपैयाँ मात्र ठ-गी गरिएको उजुरी आएकोे तर शैक्षिक कन्सल्टेन्सीका मुख्य व्यक्ति फरार भई उनीहरूका कर्मचारी मात्र पक्राउ पर्ने गरेको विभागले जनाएको छ ।
वैदेशिक रोजगारीको आकर्षक सपना देखाएर रकम उठाउने र त्यसपछि सम्पर्कविहीन भई ठग्ने गरिएको भन्दै विभागले शैक्षिक कन्सल्टेन्सीहरूको अनुगमनको जिम्मेवारी पाएका सरकारी निकायहरूबाट अनुगमन र कारबाहीको समेत आग्रह गरेकोे छ ।
शैक्षिक कन्सल्टेन्सीहरू दर्ता शिक्षा मन्त्रालय अन्तर्गत हुने गरेका छन् । वैदेशिक रोजगारीमा जानुपूर्व वैदेशिक रोजगार ऐनमा भएको व्यवस्था अनुसार श्रम स्वीकृति लिनुपर्ने अनिवार्य गरिएको भन्दै बिना श्रम स्वीकृति वैदेशिक रोजगारीमा नजान पनि विभागले सचेत गराएको छ ।