
काठमाडौ : वैदेशिक रोजगारका लागि क्यानडा पठाइदिने भन्दै एक व्यक्तिबाट ४१ लाख ५० हजार ठ’गेको अभियोगमा दुईजना व्यक्ति उपर वैदेशिक रोजगार विभागले मु’द्दा दायर गरेको छ ।
विभागले कास्कीका सदीक्षा गुरुङ र उनकी आमा खिनशोभा गुरुङ उपर ठ’गिको अभियोगमा वैदेशिक रोजगार न्यायाधिकरणमा मु’द्दा दायर गरेको हो ।
सदीक्षा र निजकी आमा खिनशोभाले पोखराका कुमार गुरुङलाई क्यानडा पठाइदिने नाममा ४१ लाख ४२ हजार ५ सय रकम लिएर ठ’गेको विभागको ठहर छ ।
विभागले ठगिको रकममा २० लाख ९१ हजार २ सय ५० हर्जना सहित ६२ लाख ७३ हजार ७ सय ५० रुपैंयाँ असुल उपरको दावी सहित न्यायाधिकरणमा मु’द्दा दायर गरेको हो ।
विभागका सुचना अधिकारी कृष्ण प्रसाद भुसालका अनुसार ठ’गिको जाहेरीका आधारमा आमाछोरी गत चैत्र २४ गते प’क्राउ परेका छन् । भुसालका अनुसार उनीहरुले ठ’गि गरेको पुष्टि भएको हुँदा रकम असुल उपरका लागि न्यायाधिकरणमा मु’द्दा दायर गरेको हो ।