२०८० मंसिर १८ सोमबार
  • काठमाडौँ

मौसम प्रभावित भएका कारण उडान तथा अवतरण प्रभावित !

बैशाख १७, काठमाण्डाै : मौसम खराब भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज बिहानैदेखि उडान तथा अवतरण प्रभावित भएको छ ।

काठमाण्डौ उपत्यका बादलले ढाकेको छ । कतैकतै पानी परेको छ । भिजिबिलिटी कम भएकाले उडान र अवतरण प्रभावित भएको विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिनुभयो।

तारा, बुद्ध र यतीका गरी ६ वटा उडान डाइभर्ट भएका छन् । ताराको लुक्ला–काठमाण्डौ जहाज रामेछापमा तथा बुद्धका चार र यतीको एउटा उडान जनकपुर डाइभर्ट भएको प्रवक्ता सिटौलाले बताउनुभयो । अन्तर्राष्ट्रिय उडानमा अहिलेसम्म समस्या नरहेको उहाँको भनाइ छ ।

काठमाण्डौमा दिउँसो केहीबेर आकाश खुले पनि फेरि मौसम बद्ली हुने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

२०७९ बैशाख १७, शनिबार प्रकाशित 0 Minutes 224 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।