
बैशाख १६, काठमाडौं : प्रहरीले ठगी गरेको आ’रोपमा दुई जनालाई पक्राउ गरेको छ । पक्रा-उ पर्नेमा पर्साको वीरगञ्ज महानगरपालिका–५ घर भइ हाल ललितपुर ठेचो बस्ने ६०
वर्षीय हरिबहादुर तामाङ र ३३ वर्षका विकास तामाङ रहेका छन् । उनीहरुले वैदेशिक रोजगारीका लागि दुवई पठाइदिने भन्दै विभिन्न व्यक्तिहरुबाट ९ लाख ५० हजार रुपैयाँ ठ-गी गरेको प्रहरीले जनाएको छ ।
काठमाडौंको शान्तिनगर बस्ने विक्रम मिश्रसहित पाँच जनालाई वैदेशिक रोजगारीमा संयुक्त अरब इमिरेट्स (दुवई) पठाइदिने भन्दै प्रतिव्यक्ति एक लाख ९० हजार रुपैयाँ लिएर सम्पर्कविहीन भएको प्रहरीको काठमाडौं उपत्यका अपराध अनु-सन्धान
कार्यालयले जनाएको छ । प्रहरीका अनुसार प’क्राउ परेका दुवैजनालाई आवश्यक कार-बाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ ।