२०७९ जेष्ठ ७ शनिबार
  • काठमाडौँ

नेपाली श्रमिक माग बढ्यो, नौ महिनामा सवा दुई लाख नेपाली विदेशिए

बैशाख १५, काठमाडौ : को-भिड संक्र-मणको असर कम भएसँगै वैदेशिक रोजगार व्यवसाय ६ गुणाले वृद्धि भएको छ। गत आर्थिक वर्षको ९ महिनाको तुलनामा चालू आवको

सोही अवधिमा मेनपावरमार्फत वैदेशिक रोजगारीमा जाने युवाको संख्या बढेसँगै व्यवसाय लयमा फर्केको हो । वैदेशिक रोजगार विभाग ताहचलका कम्प्युटर इन्जिनियर अर्जुन यादवले को-भिड संक्र-मणपछि नेपालका प्रमुख श्रम गन्तव्य खाडी र मलेसियाबाट

मागपत्र आउने क्रम बढेसँगै इजाजतवाला (मेनपावर कम्पनी) ले ९ महिनामा २ लाख ३१ हजार श्रमिक विदेश पठाएको जानकारी दिए । गत वर्ष यो संख्या ३७ हजार ४०६ मात्र थियो । गत वर्ष साउन र भदौमा कुनै पनि मेनपावरले युवा विदेश पठाउन पाएका थिएनन् ।

गत वर्ष खाडी तथा मलेसियाको विकल्पमा नयाँ श्रम गन्तव्यको खोजी गर्न नसक्दा २५१ मेनपावरको कारोबार नै शून्य भएको थियो । को-रोना संक्रम-णका कारण खुम्चिएको श्रम गन्तव्यको विस्तार गर्न नसक्दा विदेश जाने मात्र नभई मेनपावरमा कार्यरत

हजारौ कर्मचारीले समेत रोजगारी गुमाएका थिए । गत वर्ष को’रोना संक’टका कारण वैदेशिक रोजगार व्यवसाय सञ्चालन गरिरहेका ८ सय ५४ मेनपावर कम्पनीमध्ये २ सय ५१ कम्पनीले एक जना पनि श्रमिक विदेश पठाउन सकेनन् ।

को-रोना संक्र’मणका कारण श्रम गन्तव्यबाट नेपाली श्रमिकको माग नआएपछि सानो लगानीमा सञ्चालनमा रहेका मेनपावर कम्पनी संक-टमा परेका छन् । व्यवसाय सञ्चालन गर्न २ करोड धरौटी राखेर इजाजतपत्र लिएको भए पनि श्रम गन्तव्यले माग नपठाउँदा २ सय ५१ कम्पनीको कारोबार नै शून्य भएको थियो ।

गत वर्षसम्म इजाजतपत्र लिएका ८५४ मेनपावर मध्ये एक वर्षमा १ देखि ९ जना श्रमिक विदेश पठाउनेको मेनपावरको संख्या १४१ रहेको वैदेशिक रोजगार विभागको तथ्यांकमा उल्लेख छ । विभागको गत आर्थिक वर्ष २०७७/०७८ को वार्षिक श्रम स्वीकृति विवरण अनुसार हाल सञ्चालनमा रहेका ८ सय ५४ म्यानपावर कम्पनी मध्ये १० देखि ३० जना श्रमिक पठाउने मेनपावरको संख्या १२९ रहेको छ ।

चालू आवको ९ महिनामा सबैभन्दा बढी प्याराडाइज मेनपावरले ४ हजार ६८९ जना श्रमिक विदेश पठाएको पाइएको छ । त्यस्तै एसओएस म्यानपावर सर्भिसले ४ हजार ३२३ जना विदेश पठाएको विभागले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ ।

यसरी नै ९ महिनाको अवधिमा अक्सफोर्ड इन्टरनेसनल मेनपावरले ३ हजार ३२० युवा विदेश पठाएर तेस्रो स्थानमा रहेको छ । अघिल्लो वर्ष २५ मेनपावर कम्पनीले १ जना, १५ मेनपावरले २ जना, १७ मेनपावरले ३ जना १६ मेनपावर कम्पनीले ४ जना मात्रै श्रमिक विदेश पठाएका थिए ।

४ सय १७ कम्पनीले १ सय भन्दा कम संख्यामा श्रमिक विदेश पठाउन सकेको तथ्यांक रहेको छ । गत वर्ष ११ कम्पनीले मात्र ५ सय भन्दा बढी संख्यामा श्रमिक विदेश पठाउन सकेका थिए ।

त्यस्तै ४ सय २० कम्पनीले ५ सय भन्दा कम संख्यामा मात्र श्रमिक विदेश पठाउन सकेको विभागको तथ्यांकले देखाएको छ । नेपाल वैदेशिक रोजगार व्यवसायी संघका पूर्व अध्यक्ष रोहन गुरुङले कोभिड संकटका कारण श्रम गन्तव्यबाट जति माग आउनु पर्ने हो सो अनुसार आझै पनि नआएको जानकारी दिए ।

२०७९ बैशाख १५, बिहीबार प्रकाशित 1 Minute 134 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार