
काठमाडौ : भ्रष्टा-चार वि-रोधी अभियान हुँदै राप्रपामा प्रवेश गरेका ज्ञानेन्द्र शाही वि-वाद र चर्चामा आइरहन्छन् । राप्रपाको कार्यसम्पादन समितिमा रहेका उनी चुनावको मुखमा जिल्ला केन्द्रित छन् ।
सोही क्रममा गृह जिल्ला जुम्लामा पुगेका उनीमाथि ‘आ क्र म ण’ भएको भन्दै सामाजिक सञ्जालमा एउटा भिडियो क्लिप भाइरल बनेको छ ।बुधबार जुम्लामा पार्टीको कार्यक्रममा सहभागी भएका शाहीमाथि भाषण गरिरहेको बेला मोबाइल
प्र’हार भएको उक्त भिडियोमा भनिएको छ ।.जम्मा १ मिनेट १८ सेकेण्ड लामो भिडियोमा उनले काँग्रेस माओवादी र एमालेको आलोचना गर्दै भ्रष्ट-हरूलाई ठेगान लगाउने भन्दै चर्को भाषण गरेको सुनिन्छ ।यति बोलिसकेपछि भीडबाट उनलाई केही वस्तु प्र’हार भएको देखिन्छ ।
स्पष्ट नदेखिए पनि उनीमाथि मोबाइल प्र’हार भएको भनिएको छ । मोबाइल भनिएको सो वस्तु शाहीको छातीमा लागेको देखिन्छ । त्यसपछि एकाएक औँला ठ’ड्याउँदै शाहीले ‘ए
समात् त्यसलाई’ भन्छन् भने उनी निकटका कार्यकर्ता दौडेर भीडतर्फ पुग्छन् । त्यसपछि तनावको माहौल भिडियोमा देखिन्छ ।भिडियोबारे सोधिखोजी गर्दा शाहीले वि’रोधीहरूले भ्रम फैलाएको प्रतिक्रिया दिए ।
कार्यक्रममा हेरिरहेका सर्वसाधारणले छतमाथिबाट ताली प’ड्काउने क्रममा मोबाइल ख’सेर एक्कासि आफूलाई लाग्न पुगेको उनको दाबी छ । ‘ताली प’ड्काउँदा छतमाथिबाट मोबाइल मात्रै ख’सेको हो’, उनले भने, ‘कसैले हा’नेको होइन ।
बिचरा ताली प’ड्काउँदा खसेको छ, ममाथि किन आ क्र म ण हुनु ?’उनले अगाडि थपे, ‘हाम्रो स्टेज तल थियो । घरका मान्छेहरू माथिबाट बार्दलीबाट हेरिरहेका थिए । मोबाइल ख’सेर लागिसकेपछि वरिपरिका मासले के सोच्यो भने मलाई मोबाइलले हि’र्कायो ।
मैले मोबाइल खसेको हो, हि’र्काएको होइन भनेर त्यतिबेला भीडलाई नै भनेको थिएँ । त्यसको भिडियो पनि हामीसँग छ ।’ मोबाइल ‘ख’सेर’ शाहीलाई लागेका भनिएका
पुरुषलाई प्रहरीले केहीबेर निय’न्त्रणमा लिएर छाडेको बताइएको छ । यसैबीच शाहीले आफूले सर्वसाधारण भनेर आरो-पीलाई छाड्न लगाएको बताए । आ-रोपी भनिएका व्यक्ति चन्दननाथ नगरपालिकाका सरकारी कर्मचारी भएको उनको भनाइ छ ।