
बैशाख ७, काठमाडौ : कञ्चनपुरमा राहदानीको अनलाईन फारम भर्ने क्रममा ठ’गी गर्ने तीन जनालाई प्रहरीले नि’यन्त्रणमा लिएको छ ।
राहदानीका लागि अनलाइन फारम भर्ने क्रममा चाँडै पालो मिलाइदिने भन्दै सेवाग्रा’हीबाट बढी रकम लिएको आ’रोपमा उनीहरुलाई बुधबार जिल्ला प्रशासन कार्यालयको गेटबाट प’क्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्रा’उ पर्नेमा रेम्बो फोटो स्टूडियोका सञ्चालक केशवराज जोशी, हार्दिक फोटो स्टूडियोका विरबहादुर धामी र देवराज जोशी छन् ।
उनीहरुले अनलाईन फारम भरेबापत सेवाग्राहीसँग एक हजारदेखि तीन हजार रुपैयाँसम्म लिएको पाइएको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामप्रसाद पाण्डेले जानकारी दिए ।
निय’न्त्रणमा लिइएका तीनै जनामाथि ठ-गी मु’द्दा दर्ता गरेर कार-वाहीको प्रक्रिया अगाडि बढाइने प्रहरीले जनाएको छ ।
राहदानीका लागि अनलाइन फारम भर्नका लागि यसरी अनधिकृत रुपमा चर्को शुल्क लिनेविरुद्ध उजुरी गर्न जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले सबैमा आग्रह गरेको छ |