२०८० आश्विन १४ आईतवार
  • काठमाडौँ

पल शाहलाई भेटेपछि दुर्गेश थापाको रुवाबासी !

बैशाख ७, काठमाडौ : ना बा लि ग गायिका ब ला त्का र प्रकरणमा साक्षी बनेका वि-वादित गायक दुर्गेश थापाले सोमबार जिल्ला अदालत तनहुँ पुगेर बकपत्र गराएका छन्।

यो प्रकरण सार्वजनिक हुनुअघिसम्म दुर्गेश र बलात्कार अभियोग लागेका अभिनेता पल शाहबीच घनिष्ठ मित्रता थियो।
तर ना बा लि ग गायिका र पलबीचको सम्बन्धलाई अदालतसम्म पुर्‍¥याउन महत्वपूर्ण भूमिका खेलेका उनै

दुर्गेश थापाले मंगलबार तनहुँ अदालतमा बकपत्र दिँदै यो घटनाबारे आफूलाई केही थाहा नभएको बताएका छन्। यसअघि ना बा लि ग गायिकालाई न्याय दिलाउन आफूले भूमिका खेलेको बताउँदै आएका उनै दुर्गेशले तनहुँ अदालत बकपत्र दिँदै यस घट-नाबारे कुनै जानकारी नै नभएको बताएका हुन्।

यससँगै यो प्रकरणमा ना बा लि ग गायिका, उनका जाहेरवाला बाबुले पनि बयान फेरेर घ-टना नै नभएको बताइसकेका छन्। दुर्गेशले पनि उनीहरुलाई नै पछ्याउँदै बयान फेरेर हो’स्टाइल भएका हुन्।

ना बा लि ग गायिकालाई न्याय दिने भन्दै पलविरुद्ध उभिएका उनै दुर्गेश मंगलबार अदालतमै रोएका छन्। अदालत परिसरमा पल शाहलाई भेटेपछि रोएका दुर्गेशले आफ्नो सबै व्यापार चौपट भएको गुनासो गरेका थिए ।

तनहुँ अदालतमा पलसँग भेट भएपछि दुर्गेशले जीवनमा कहिल्यै भोग्नु नपरेको त’नाव आइलागेको बताउँदै सबैथोक बिग्रिन पुगेको बताएका छन्। पलसँग भेटेपछि दुर्गेशले आफूले चाहेर यस्तो नगरेको बताउँदै रोएको अदालतमा उपस्थित प्रत्यक्षदर्शीले बताएका छन्।

‘मेरो सबै चौपट भयो। व्यापार पनि बिग्रियो’, उनले भनेका थिए, ‘सोच्दै नसोचेको त’नाव हामीलाई आइलाग्यो, मैले चाहेर यस्तो गरेको थिएन।’

दुर्गेशले अदालतमा बकपत्र दिने क्रममा पनि यो घटनाबारे आफूलाई कुनै थाहा नभएको बताएका थिए। यसैबीच पल र ना बा लि ग सहितलाई बकपत्रका लागि तनहुँबाट नवलपुर लगिएको छ। त्यहाँ पनि आजैदेखि पी’डित, पी’डक, जाहेरवाला र साक्षी सहितको बकपत्र सुरु हुनेछ।

२०७९ बैशाख ७, बुधबार प्रकाशित 1 Minute 341 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।