
काठमाडौं : वैदेशिक रोजगारमा जाने नेपालीहरुको लागि सरकारले गहना बनाएको सुन ५० ग्राम सम्म ल्याउन सक्ने ब्यवस्था गरेको छ । त्यो पनि रोजगारिका गएको र एक बर्ष पूरा भएको हुनुपर्ने नियम छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलमा बेलाबेलामा सेटिङबाट हुने ठुला सुन काण्ड बाहिरिए संगै सुन तस्क’रीको तरिका केही फेरिएको छ । विशेषगरि दुबईबाट नेपाल सुन ल्याउन र नेपालबाट भारत पुराउने गरिन्छ ।
एक दुई सय दिहराम वा रिंगेट वा ५-६ हजार नेपाली रुपैयाँका लागी हामिले अर्काको सुन बोक्ने चलन हालका बर्षमा बढ्दै गएको छ । विशेषगरि दुबईबाट नेपाल आउने नेपाली कामदारले नेपाल तथा दुबईमा रहने सुनको कारोबार गर्ने नेटवर्कका ब्यक्तिहरुको सुन बोक्ने गरेको पाइन्छ ।
दुबईको बिमानस्थलमा त्यस्ता एजेन्टहरु हातमा काचो सुनबाट बनेको रसायन नहालेको बाला र पैसा बोकेर बसेको दृश्य सामान्य जस्तै भएका छन् ।
नेपाल सरकारले एक बर्ष वा सो भन्दा बढी बिदेशमा रोजगारीको लागि गएको नेपालिको लागि ५० ग्राम सम्म सुन गहनाको बनाएको सुन ल्याउन अनुमती दिएको छ । कामदारलाई दिएको त्यही सुबिधालाई दुरु’पयोग गर्दै सुन एजेन्टहरुले एयरपोर्टमा नेपाल फर्कने कामदारलाई सुन भिडाउने गर्छन् ।
पासपोर्टको फोटो र ब्यक्तिको फोटो खिचेपछी ५० ग्रामको बाला दिने गर्क्घन भने त्यही समुहको ब्यक्ती काठमाडौं एयरपोर्टमा बसेका हुन्छ । बाला दिए पछि उनिहरुले हातहातै ५ हजार रुपैयाँ दिन्छन् ।
तर हामिले गर्ने त्यस्ता क्रियाकलाप गैरकानुनी रहेको छ ।
नेपाल सरकारले अब भने त्यस्ता क्रियाकलापलाई नियन्त्रण गर्न सादापोसाकमा प्रहरी तथा भन्सार कर्मचारी खाटाउदै आएको छ । त्यस्तो अवस्थामा फस्न सक्ने अवस्था रहेको छ जसकारण अनाहकमा तस्क’रिको ट्याग लाग्न सक्छ ।